अवैध सुन सहित पक्राउ
सारांश
- काठमाडौं, १९ भदौ मकवानपुर, गढि गाउँपालिका–५ घर भएका २४ वर्षीय मनोज अधिकारीलाई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकमा पार्किङ गरी राखेको बा.
- १७ च ६४२७ नम्बरको गाडीमा रहेको करीब ८८ के.
- जि.
काठमाडौं, १९ भदौ
मकवानपुर, गढि गाउँपालिका–५ घर भएका २४ वर्षीय मनोज अधिकारीलाई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकमा पार्किङ गरी राखेको बा.१७ च ६४२७ नम्बरको गाडीमा रहेको करीब ८८ के.जि.सुन सहित सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी रसुवाको केरूङ नाका हुदैँ भित्र्याई काठमाडौंमा सुनको अवैध काराबोर हुँदै आएको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकमा पार्किङ गरी राखेको उक्त गाडी र चालक समेतलाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा विभिन्न पार्टपुर्जा खोली हेर्दा गाडीको पछाडिको भागमा कालो टेपले बेरीएको अवस्थामा उक्त परिमाणको करीब ४३ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ बराबरको सुन बरामद भएको हो ।
घटनामा संलग्न हुनसक्ने समूहको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया