एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक

सारांश

  • काठमाडाैँ, ११ साउन ।
  • एसियन क्रिकेट काउन्सिलले एसिया कप छनाैट  प्रतियाेगिता हुने स्थान र मिति सार्वजनिक गरेकाे छ ।
  • उक्त प्रतियाेगिता यही अगस्त २७ देखि सेप्टेम्बर ७ सम्म मलेसियामा हुनेछ ।

काठमाडाैँ, ११ साउन । एसियन क्रिकेट काउन्सिलले एसिया कप छनाैट  प्रतियाेगिता हुने स्थान र मिति सार्वजनिक गरेकाे छ । उक्त प्रतियाेगिता यही अगस्त २७ देखि सेप्टेम्बर ७ सम्म मलेसियामा हुनेछ ।

राउण्ड राेविन नियम अनुसार खेलाईने उक्त प्रतियाेगितामा नेपाल सहीत युएइऽ हङ्कङ्ऽ सिङ्गापुर, मलेसिया, र अाेमानले भाग लिनेछन । प्रतियाेगिताकाे विजेता टाेलिले सेप्टम्बर १५ देखि २८ सम्म युएइमा हुने एसिया कप खेल्न पाउनेछ । छनाैट चरणबाट गएकाे टाेलि भारत र पाकिस्तान रहेकाे समूहमा पर्नेछ । भने अर्काे समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहनेछन् ।

छनाैट खेलमा हुने नेपाल र यूएइ बिचकाे खेल एकदिवसिय मान्यता प्राप्त हुनेछ । भने एसिया कपमा छनाैट भएकाे खण्डमा नेपालले थप दुई एकदिवसिय खेल खेल्नेछ ।

यसअघि २०१६ मा भएकाे  २० अाेभरकाे एसिया कपकाे विजेता भारत हाे भने २०१४ मा भएकाे ५० अाेभरकाे एसिया कप श्रीलंकाले जितेकाे थियाे । त्यस्तै २०१६ र २०१४ मा अाेमान र अफगानीस्तान क्रमश एसिया कप खेल्ने असाेसिएट राष्ट्र थिए । एसिया कप हरेक दुई दुई वर्षमा एसियन क्रिकेट काउन्सिल एसिसिकाे अायाेजनामा हुने गर्छ ।

नेपाल यतिबेला नेदरल्याण्ड र एमसिसि विरुद्धकाे त्रिकाेणात्मक शृङ्खलाकाे लागि बेलायत भ्रमणमा छ । २९ जुलाईमा हुने खेल २० अाेभरकाे हुनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?