साउन १ गतेदेखि सेयरको परीक्षण अनलाइन कारोबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
साउन १ गतेदेखि सेयरको परीक्षण अनलाइन कारोबार

सारांश

  • काठमाडौं – साउन १ गतेदेखि परीक्षणको रुपमा सेयरको अनलाइन कारोबार सुरु हुने भएको छ ।
  • यसको लागि नेपाल स्टक एक्सचेन्जले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
  •   अनलाइन कारोबारको लागि साउन १ गतेदेखि नयाँ नियमावली कार्यान्वयनमा ल्याउन तयारी अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए।

काठमाडौं – साउन १ गतेदेखि परीक्षणको रुपमा सेयरको अनलाइन कारोबार सुरु हुने भएको छ । यसको लागि नेपाल स्टक एक्सचेन्जले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

अनलाइन कारोबारको लागि साउन १ गतेदेखि नयाँ नियमावली कार्यान्वयनमा ल्याउन तयारी अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए। उनका अनुसार केहि मिडियाले साउन १ गते बाट कारोवार नै हुने भनेर लेखिए पनि १ गते बाट भने परिक्षणका रुपमा मात्र शुरु हुने बताए ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि साउन १ गतेदेखि परिक्षणका रुपमा अनलाइन कारोबार गर्ने अन्तिम तयारी भएको जानकारी दिए ।

सेयरको अनलाइन कारोबारको डेटा राख्नको लागि एक्सेस वल्र्ड टेक्नोलोजी र सिल्भर लाइनिङले सर्भर उपलब्ध गराउने भएका छन् । ब्रोकरले आइटीको पूर्वाधार नबनाउने र यी दुबै सेवा प्रदायकले प्रदान गरेको सर्भरमा ब्रोकरले क्लाउड बेस्डमा डेटा होस्टिङ गर्नेछन् ।

सर्भर उपलब्ध गराउने सेवा प्रदायकको सर्भरमा नेपाल स्टक एक्सचेन्जले अहिलेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) जडान गर्नेछ ।

अनलाइन कारोबारको लागि ब्रोकर, नेप्से र सेवा प्रदायकले आन्तरिक रुपमा टेस्टिङको काम गरिरहेका छन् । धितोपत्र बोर्डले धितोपत्र सुचिकरण तथा कारोबार नियमावली २०७५ लागू गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै
टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै
नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
किन गरियो ८  अर्ब रुपैयाँको परियोजना अस्वीकृत!
किन गरियो ८  अर्ब रुपैयाँको परियोजना अस्वीकृत!
नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा
नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
लिबियामा तटबन्ध भत्किँदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता
लिबियामा तटबन्ध भत्किँदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..

तपाईंले छुटाउनुभयो कि?