साझा पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
२३८ पटक हेरिएको
Shares
साझा पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने

सारांश

  • रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ ।
  • तर, आर्थिक सहयोग भने नगर्ने बताएको छ ।
  • वरिष्ठ पत्रकार मिश्रले हालै मात्र पार्टी गठनको घोषणा गरेका थिए ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । तर, आर्थिक सहयोग भने नगर्ने बताएको छ ।

वरिष्ठ पत्रकार मिश्रले हालै मात्र पार्टी गठनको घोषणा गरेका थिए । तर, अझैसम्म पार्टी औपचारिक रूपमा घोषणा नै भएको छैन । साथै स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दर्ता नभएका करण दलगत रूपमा भाग लिन पाउँदैन ।

तर, पार्टीप्रति देशभर उत्साहजनक लहर देखिएको भन्दै स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ ।

साझा पार्टीले मंगलबार विज्ञप्ती निकालेर भनेको छ, हाम्रा मूल्यमान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न आह्वान गर्दछ ।

स्थानीय तहमा नेतृत्व सम्हाल्ने सोच बनाएकाहरूलाई स्वतन्त्र उम्मेदवार बन्न प्रोत्साहन गर्ने साझा पार्टीले जनाएको छ । तर, हाल दर्ता भइसकेका दलहरूको तर्फबाट पार्टीगत उम्मेदवार बन्नेहरूका हकलार्इ भने कुनै समर्थन नजनाउने उसले बताएको छ ।

साथै साझा पार्टीले स्वतन्त्र उम्मेदवारलार्इ आर्थिक सहयोग भने नगर्ने बताएको छ । दर्ता नभएका कारण साझा पार्टीले पार्टीको नाममा चन्दा सङ्कलन गर्न नमिल्ने भएका कारण कुनै पनि उमेदवारलाई आर्थिक रूपमा सघाउन सक्ने स्थिति पनि छैन, उसले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका
सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या
३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई
‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या
‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या
निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री
निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री
असार १५ गते सोमवारको राशिफल यस्तो छ
असार १५ गते सोमवारको राशिफल यस्तो छ
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित