साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
४७ पटक हेरिएको
Shares
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

सारांश

  • काठमाडौँ ।
  • कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ ।
  • भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ ।

काठमाडौँ । कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ ।

राष्ट्रिय सतर्कताकेन्द्रका अनुसार उक्त व्यवस्थाको बर्खिलाप गर्दै नौ हजार पाँच सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८/७९ मा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । सङ्घीय सरकार मातहतका छ हजार छ सय ४६ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

यस्तै, स्थानीय निकायका एक हजार नौ सय १७ कर्मचारीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।राष्ट्रिय सतर्कता केन्द्रले कानूनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई रु पाँच हजार जरिवाना समेतका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । निजामतीतर्फका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, विद्यालयका शिक्षकले एक हजार एक सय ५८ र अन्य राजनीतिक नियुक्ति र करारतर्फका एक हजार नौ सय २२ ले सम्पत्ति विवरण बुझाएका छैनन् ।

केन्द्रले आज सार्वजनिक गरेको विवरणअनुसार आव २०७८/०७९ मा सात लाख १९ हजार एक सय ५७ जना अर्थात् ९८ दशमलव ६८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् । आव २०७८/०७८ मा सम्पत्ति विवरण बझाउनेको सङ्ख्या छ लाख ८१ हजार दुई सय १५ जना अर्थात् ९७ दशमलव७९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिने
कारागारमा यसरी दिन बित्छ कृष्णबहादुर महराको
कारागारमा यसरी दिन बित्छ कृष्णबहादुर महराको
मिडिया काउन्सिल विधयेक : कांग्रेसको संशोधन प्रस्ताव
मिडिया काउन्सिल विधयेक : कांग्रेसको संशोधन प्रस्ताव
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर ः गरिबका लागि बरदान
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर ः गरिबका लागि बरदान
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ