साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने

सारांश

  • काठमाडाै, २८ जेठ ।
  •   साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई काठमाडौं झिकाइएको छ ।
  • जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको स्रोतले बताएको छ ।

काठमाडाै, २८ जेठ ।  साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई काठमाडौं झिकाइएको छ ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको स्रोतले बताएको छ ।

तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि थुनामा रहेको चुडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घले (गुरुङ) बिरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान हुने भएको छ।

घटनाको अनुसन्धान गरिरहेको सरकारी समितीले १९ महिनामा १७ अर्बभन्दा बढी रकमको सुन अवैध तस्करीको तथ्य सार्वजनिक गरेसँगै समत्ति शुद्धिकरण अपराध अनुसन्धान विभागले समेत तस्करीको अनुसन्धान अघि बढाउने भएको हो।

होटल मनाङ र मनाङ एयर तथा एनआईडिसी विकास बैंकमा रहेको भुजुङको लगानी सम्पत्ति शुद्धिकरण अपराधबाट भए नभएको विभागले अनुसन्धान गर्नेछ। यस्तै मनाङमा सामान्य परिवारका छिरिङको काठमाडौंमा थुप्रिएको अथाह सम्पत्ति र मोरङ उर्लाबारीमा पूर्व सहायक निरीक्षकका छोरा चुडामणि उप्रेती गोरेले काठमाडौंमा आर्जेको सम्पत्तिका बिषयमा अनुसन्धान हुनेछ।

मोरङ जिल्ला अदालतको अनुमतिले सोमबार काठमाडौं ल्याइने तीनैजनालाई प्रहरी हिरासतमा राखेर विभागले अनुसन्धान अधिकृत तोकेर सम्पत्ती शुद्धिकरणमा अनुसन्धान गर्नेछ। यस्तै संगठित अपराध निवारण ऐन २०७० अनुसार गठन भएको सहसचिव इश्वरराज पौडेल नेतृत्वको समितिले समेत यी तिनैजनासँग थप बयान लिन पाउनेछन्।

उच्च स्रोतका अनुसार सुन तस्करीमा थप समूह र भारतीय लगानीकर्ताका विषयमा जानकार रहेका गोरेसँग थप बयानका लागि समेत उनलाई काठमाडौं ल्याउन लागिएको हो। यस्तै पक्राउ परेर पूर्पक्षमा रहेका राष्ट्र सेवक (प्रहरी अधिकारी र नेपाल वायु सेवा निगम) कर्मचारीका हकमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?