मापसे कारवाहीमा दुई पाइलट
सारांश
- मादक पदार्थ सेवन गरेर बिमान उडाउन खोज्ने दुई पाइलट पक्राउ परेका छन् ।
- युनाइटेड एयरलाइन्सका पाइलटले स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट न्युयोर्कका लागि विमान उडाउने तयारीमा रहदा मापसेमा परेका हुन ।
- ४५ र ६१ वर्षका ती पाइलट विरुद्ध कुनै उजुरी दर्ता नगरिएपनि उनीहरु थुनामा राखेर अनुसन्धान चलिरहेकोे छ ।
मादक पदार्थ सेवन गरेर बिमान उडाउन खोज्ने दुई पाइलट पक्राउ परेका छन् । युनाइटेड एयरलाइन्सका पाइलटले स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट न्युयोर्कका लागि विमान उडाउने तयारीमा रहदा मापसेमा परेका हुन । ४५ र ६१ वर्षका ती पाइलट विरुद्ध कुनै उजुरी दर्ता नगरिएपनि उनीहरु थुनामा राखेर अनुसन्धान चलिरहेकोे छ ।
मंगलबारसम्म उनीहरुलाई अदालतमा पेश गर्ने तयारी भईरहेको बिबिसीले उल्लेख गरेको छ । पाइलट पक्राउ परेपछि विमानको उडान रद्द भएको थियो । घटनापछि एयरलाइन्सले वक्तव्य जारी गर्दे आफूहरुका लागि यात्रुको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ ।विमान रद्द गरिए पछि विचल्लीमा परेका यात्रुलाई भोलीपल्ट अर्को विमानबाट उनीहरुको गन्तव्यतर्फ पठाइएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया