ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल

सारांश

  • नेकपा ऐमाले तथा नेपाल परिवार दलद्वारा संयुक्त उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
  • नेकपा एमालेको सहयोगमा समानुपातिक उम्मेदबार बनेका नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा र नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम बहादुर गुरूङको सभाअध्यक्षता नेकपा एमाले जिल्ला पार्टी कार्यालय हलमा कार्यक्रम सम्पन्न भएको हो ।
  • प्रदेश नं १ झापाबाट नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै सुरू भएको अध्यक्ष ढकालको चुनावी अभियान बागमती प्रदेश हुँदै मधेस प्रदेशको चुनावी सभालाई संम्बोधन गरेर गृह जिल्ला गोरखा पुगेको हो ।

नेकपा ऐमाले तथा नेपाल परिवार दलद्वारा संयुक्त उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेकपा एमालेको सहयोगमा समानुपातिक उम्मेदबार बनेका नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा र नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम बहादुर गुरूङको सभाअध्यक्षता नेकपा एमाले जिल्ला पार्टी कार्यालय हलमा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश नं १ झापाबाट नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै सुरू भएको अध्यक्ष ढकालको चुनावी अभियान बागमती प्रदेश हुँदै मधेस प्रदेशको चुनावी सभालाई संम्बोधन गरेर गृह जिल्ला गोरखा पुगेको हो । अध्यक्ष एकनाथ ढकालले केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको साथै सम्पूर्ण नेपाली जनता मिलेर देशलाई दुर्घटना बाट बचाउन आग्रह गरे ।

साथै अहिलेको ५ दलिय सत्ता गठवन्धनसँग देशको आमूल परिवर्तन गर्ने विकासको कुनै पनि एजेण्डा नभएको र देशले कुनै पनि प्रकारको फाइदा हासिल गर्न नसक्ने र पहिलेको परिस्थितिको निरन्तरता हुने भएकोले त्यसको क्रमभङ्गता गर्दै एमाले अध्यक्ष केपी ओली नेपाली राजनितीको श्रीखण्ड भएकोले प्रधानमन्त्रीको रूपमा नेपाल परिवार दल साथै केपि ओली नेतृत्व गठबन्धनले अगाडि सारेको जानकारी दिदै अब बन्ने एमाले नेत्तृत्वको सरकारले गुमेको भु–भाग कालापानी र लिम्पियाधुरामा राष्ट्रिय झण्डा फैलाउन सक्ने ठोकुवा गरे ।

अध्यक्ष ढकालले गोरखा जिल्लामा अब नयाँ नेतृत्वको लागि बिकल्प दिनुपर्ने समय आएकाले तयार हुन अनुरोध गर्दै गोरखाले बिकासवादी नेतालाई तिरस्कार गरेको र बिकासको सिन्को नभाचेको नेतालाई फुलमालाले पुरस्कृत गरेको गुनासो गरे ।

नेपाल परिवार दलको आह्वानः सुर्यमा मतदान, ’समृद्व नेपाल र सुखी नेपाली ः सूर्यमा भोट यसपाली ’ भन्ने नारा सहित नेपाल परिवार दल देशभरि चुनावी अभियानमा लागेको दलका महामन्त्री प्रकाश बाबू थापाले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
३८ लाख रुख रोपिनुुपर्ने
३८ लाख रुख रोपिनुुपर्ने
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग

तपाईंले छुटाउनुभयो कि?