स्वास्थ्य बिमा गराउनेमा महिला बढी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
स्वास्थ्य बिमा गराउनेमा महिला बढी

सारांश

  • गोरखा।
  • गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।
  • विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो ।

गोरखा। गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो ।

स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् । “एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बिमा गराएका छन्”, उनले भने, “नगरपालिकामा अहिलेसम्म २१ हजार सात सय १८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।”

उनले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सबैभन्दा न्यून रहेको जानकारी दिएका छन् । “चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सात सय ७४ जनामा मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छ’ प्रमुख लौडारीले भने। उनका अनुसार पालुङटार नगरपालिकाभित्रका १६ हजार एक सय ५१ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सिरानचोक गाउँपालिकाका नौ हजार नौ सय ४२ जनाले अहिलेसम्म स्वास्थ्य बिमा गराएका छन् ।

प्रमुख लौडारीले स्वास्थ्य बिमा गराउनेमा आरुघाट गाउँपालिकाका आठ हजार तीन सय ३४ , भीमसेन थापा गाउँपालिकाका सात हजार आठ सय ४८ , अजिरकोट गाउँपालिकाका दुई हजार चार सय १३ , बारपाक सुलिकोट गाउँपालिकाभित्रका छ हजार, गण्डकी गाउँपालिकाका पाँच हजार तीन सय १० र धार्चे गाउँपालिका एक हजार आठ सय ९३ रहेको जानकारी दिएका छन् ।

उनले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको बताए । “स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार एक सय १४ जना पुरुष रहेका छन्”, उनले भने, “स्वास्थ्य बिमा गराउने महिलाको सङ्ख्या भने गोरखामा ४६ हजार छ सय दुई जना रहेको छ ।” स्वास्थ्य बिमा गराएकामध्ये एक हजार नौ सय ३३ जना अतिगरिब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उनले सुनाए।

त्यस्तै १५ हजार नौ सय चार जना ज्येष्ठ नागरिक, पाँच सय ९८ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा तीन सय ४३ जना एचआइभी सङ्क्रमित व्यक्तिको पनि निःशुल्क बिमा गरिएको उनले बताए। पाँच परिवार भएका परिवारले एक वर्षको रु तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्म तोकिएको अस्पतालबाट प्रतिव्यक्ति रु एक लाख बराबरको उपचार सेवा प्राप्त गर्ने प्रमुख लौडारीले जनाए।

पाँच जनाभन्दा बढी सदस्य रहेका परिवारले थप एक व्यक्तिको रु सात सय थप गरेर बिमा गर्नसक्ने व्यवस्था छ। गोरखा जिल्लामा बिमा गराएका व्यक्तिले गोरखा अस्पताल, आँपपीपल अस्पताल, मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिनसक्ने गरी स्वास्थ्य संस्था सूचीकृत रहेको प्रमुख लौडारीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद विघटन अगाडि नै प्रम ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको खुलासा
यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर
यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारकाे कामकाे समीक्षा हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारकाे कामकाे समीक्षा हुने
चितवनमा तीन लाख पर्यटक भित्र्याउने
चितवनमा तीन लाख पर्यटक भित्र्याउने
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला
औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला

तपाईंले छुटाउनुभयो कि?