उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १८, २०७७
|
|
५४ पटक हेरिएको
Shares
उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना

सारांश

  • पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा बादल भरिदै गएकाले देशभरको न्यूनतम तापक्रम घट्दै जाने सम्भावना देखिएको छ ।
  • हाल काठमाडौं उपत्यकाको आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा बादल भरिदै गएकाले देशभरको न्यूनतम तापक्रम घट्दै जाने सम्भावना देखिएको छ ।

हाल काठमाडौं उपत्यकाको आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि उपत्यकामा वर्षा हुने सम्भावना भने नरहेको विभागले जनाएको छ ।

बिहीबार, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टाका लागि देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा विहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?