सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी

सारांश

  • काठमाडाै, १९ भदाै ।
  • अब प्रदेश कार्यालयबाट नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ ।
  • सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी यातायात व्यवस्था विभागले बढाएको छ ।

काठमाडाै, १९ भदाै । अब प्रदेश कार्यालयबाट नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ ।सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी यातायात व्यवस्था विभागले बढाएको छ । एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन विभागल तयारी गरहेको हो ।विभागका महानिर्देशक लावण्यकुमार ढकालका अनुसार आन्तरिक छलफल र गृहकार्य गरिरहेको र कुन तहबाट वितरण गर्ने र केन्द्रीय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो नलागेको बताए । उनका अनुसार प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

विभागका अनुसार प्रदेश सरकारको मागअनुसार लाइसेन्स छाप्ने अधिकार प्रदेश कार्यालयलाई दिने प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश कार्यालयलाई आवश्यक पर्ने प्रिन्टर प्रदान गर्न ठेक्का आह्वानदेखि प्रिन्ट गर्दासम्म केन्द्रीय डाटासँग जोड्ने प्रणाली बनाएर मात्र प्रिन्टर उपलब्ध गराइने भएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

हाल विभागले देशभरका यातायात कार्यालयमार्फत अनलाइनबाट फर्म भर्ने र डाटा संकलन गरेर स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । विभागबाट मात्र लाइसेन्स छपाइ हुँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउनका लागि महिनौँ कुर्नुपर्ने समस्या सिर्जना भएपछि प्रदेश कार्यालयलाई नै प्रिन्टर दिने तयारी विभागले गरेको हो ।यसैगरी प्रिन्टर बिग्रिँदा ट्रायल पास गरेर ६ लाख जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । तर यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले आगामी तीन महिनाभित्र ६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने
एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल