ककपीट–टावर वार्ता–अलमलै अलमल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
३० पटक हेरिएको
Shares
ककपीट–टावर वार्ता–अलमलै अलमल

सारांश

  • हेलो सर टु–वन–वन आई से अगेन डु नट प्रोसिड टुवार्डस् रनवे २० ।
  • क्लियर्ड टु होल्ड एट … पोजिसन –ओके वी आर ….
  • टु दि राईट ककपीट ।

हेलो सर टु–वन–वन आई से अगेन डु नट प्रोसिड टुवार्डस् रनवे २० । क्लियर्ड टु होल्ड एट … पोजिसन

–ओके वी आर …. टु दि राईट ककपीट । टु–वन–वन, राईट टु होल्डिङ टु रनवे जिरो टु

– ओके बट डु नट ल्याण्ड

दुर्घटनाग्रस्त विमान ।

काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त यूएस बाँग्ला एअरलाईन्सको फ्लाईट नम्बर बीएस–२११ विमानका पाइलट र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल टावरबीचको वार्ताको अंश हो, यो ।

यूट्यूबमा अपलोड गरिएको अडियो टेप सुन्दा अनुमान गर्न सकिन्छ– अवतरणको क्रममा पाइलट कन्फ्यूज देखिन्थे । विमानलाई टावरले रनवे टु–जिरो अर्थात् उत्तरतर्फबाट अवतरण नगर्न सचेत गराएको थियो भने विमान क्रमशः अवतरणका क्रममा उत्तरतर्फ नै लागेको बुझिन्छ ।

अडियोमा आकाशमा रहेका अरु विमानका पाइलटहरुले कन्ट्रोलसँग गरेको कुराकानीको आवाज पनि सुन्न सकिन्छ, ‘त्यो २० मै अलमलिए जस्तो छ ।
कता हो सर यो एकदमै डिस् ओरियन्टेड भए जस्तो लाग्यो । यसलाई त राडार ….गरेर उता पठाउन पर्ला जस्तो छ । वरिपरिका डाँडाकाडामा राम्रो भिजिबिलिटि छैन ।’

अडियोमै कन्ट्रोल टावरले विमानलाई कुनैपनि हालतमा रनवे टु–जिरोतर्फ नजान सचेत गराएको र विमानलाई होल्ड गर्न भनिएको छ । विमान सम्भवतः बालकोट तिरको अर्बिटमा केही समय होल्ड पनि भएको छ ।

हाम्रो अनुमान, अडियोमा ‘रनवे देख्यौ’ प्रश्नमा पहिलो पटक ‘नेगेटिभ’ भन्ने जवाफ दिएका पाइलटले कन्ट्रोलको पुनः दोस्रो पटकको प्रश्नमा पाइलटले ‘देखेँ’ भन्ने जवाफ सँगै जिरो–टु रनवे अर्थात दक्षिणबाट उत्तरतर्फ अवतरण गर्ने बताएका छन् ।

तर यतिखेर सम्म एअरपोर्टबाट उत्तरतर्फ लागिसकेको जहाजलाई पुनः दक्षिणबाट अवतरित गराउने उद्देश्यले हुनसक्छ, टावरले ‘टर्न राइट’ भनेको छ ।

‘टावरलाई दायाँ पार्दै उत्तरतर्फ गइरहेको जहाज पूर्वतर्फ सोझिएर बुद्ध एअरको ह्यांगरलाई देब्रे पार्दै एअरपोर्टको पूर्वी डिलमा बजारिएर धुँवाको मुस्लो देखेको’ भन्ने सिनामंगलस्थित एअरक्राफ्ट म्यूजियममा रहेका एक प्रत्यक्षदर्शिको यो भनाई अनुसार– टावरको जिरो–टु रनवे प्रयोग गर्नु भन्ने सुझाव विपरित उत्तरतर्फ लागेको जहाज पुनः दक्षिणतर्फबाटै अवतरण गर्ने क्रममा ‘शार्प राइट टर्न’ गर्न पुगेको सम्भावना प्रबल छ ।

जसले गर्दा ‘लो अल्टिच्यूड’मा ‘लिफ्ट’ हुन नसकेर जहाज अवतरणको विन्दुमा पुग्नु अगावै ट्याक्सि–वेमा रहेका बुद्ध एअर र यतिको जहाज माथिबाट हुँदै पूर्वतर्फ भूँईमा बजारिन पुगेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी  ?
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी ?
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
तीन हजार तीन सय लघुउद्यमी तयार
तीन हजार तीन सय लघुउद्यमी तयार
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित
भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित
क्यास्पियन सागरः तेल र ग्यासको भण्डार
क्यास्पियन सागरः तेल र ग्यासको भण्डार
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!

तपाईंले छुटाउनुभयो कि?