३ करोड ८९ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ
सारांश
- काठमाडौं।
- प्रहरीले चिनियाँ नागरिकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ ।
- ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई नागढुंगाबाट प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं। प्रहरीले चिनियाँ नागरिकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई नागढुंगाबाट प्रहरीले पक्राउ गरेको हो। घटनामा एकजना नेपाली पनि पक्राउ परेका छन् ।
डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखिएकोमा खानतलासी गर्दा फेला परेको बुझिएको छ । बरामद रकम सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
चिनियाँ नागरिकहरु किन नेपाल आए र उक्त रकम किन लिएर हिडिरहेका थिए भन्ने अनुसन्धान भइरहेको बुझिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया