सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
सारांश
- नेपालमा भदौदेखि मङ्सिर महिनासम्मको सिजनमा शापू रोग अर्थात सेतो पुतलीको संसर्गबाट लाग्ने रोग देखा पर्ने गरेको छ ।
- यो बर्ष करिब तीन हप्ताको अवधिमामात्रै ४६ बर्षकै उच्च रेकर्डमा यो रोगका विरामी देखापरेका छन् ।
- यो रोगबाट आखाको ज्योति नै जानसक्ने खतरा हुन्छ ।
नेपालमा भदौदेखि मङ्सिर महिनासम्मको सिजनमा शापू रोग अर्थात सेतो पुतलीको संसर्गबाट लाग्ने रोग देखा पर्ने गरेको छ । यो बर्ष करिब तीन हप्ताको अवधिमामात्रै ४६ बर्षकै उच्च रेकर्डमा यो रोगका विरामी देखापरेका छन् । यो रोगबाट आखाको ज्योति नै जानसक्ने खतरा हुन्छ ।
एरोन चापागाई त एक उदाहरणका पात्र मात्रै हुन् । काठमाडौका अस्पतालहरुमा विगत ३ हप्ता देखि पोखरा स्याङजा नुवाकोट लगाएका जिल्लाबाट यस्ता समस्या लिएर अस्पतालमा आउनेको संख्या निकै बढेको छ । अहिलेको मौसममा यस्ता विरामीको संख्या देखापर्ने गरेका छन् । तर यो बर्ष भने अहिलेसम्मकै सबै भन्दा धेरै विरामी देखा परिसकेका छन् । यो तीन हप्ताको अवधिममा मात्रै देशभर ९२ जना सापु रोगका विरामी देखा परिसकेका छन् । यो संख्या अझै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । यस्ता समस्या निम्त्याउने सेतो पुतली रात्रिकालीन समयमा सक्रिय हुने हुँदा सचेत हुनु नै जोखिमबाट बच्ने उत्तम विकल्प भएको युभिआइसिटिस बिषेशज्ञ सह—प्रा.डा.रञ्जु खरेल सिटौलाको भनाई छ ।
सापु रोग लाग्नासाथ जतिसक्दो छिटो अर्थात २४ घण्टा भित्रै अस्पताल जानुपर्ने हुन्छ । उपचार गर्न ढिलो भएका दृष्टि समेत गुम्ने भएकाले हेलचेक्र्याई गर्न नहुने विपि कोइराला नेत्र अध्ययन केन्द्रअन्तरगतको आँखा विभाग प्रमुख प्रा.डा.सगुन नारायण जोशीले बताए ।
नेपालमा खासगरी भदौदेखि मङ्सिर महिनासम्म शापू रोगको प्रकोप बढी देखिने गरेको छ । शापू आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो । नेपाली नेत्र विशेषज्ञहरूले २०३२ सालतिर नै पहिलो पटक नेपालमा शापू रोगको समस्या फेला पारेका थिए ।
प्रतिक्रिया