सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
३१ पटक हेरिएको
Shares
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्‌का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताएका छन्।
  • नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्‌का प्रवर्तकका रुपमा रहेको बताए।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्‌का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताएका छन्।

नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्‌का प्रवर्तकका रुपमा रहेको बताए।

नेवारी समुदायमा जन्मिएर सिंगाे देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेकाे जनाएका छन्।

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले नेपाल संवत्‌ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले नेपाल संवत्‌का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?