सामाजिक संजालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
३७ पटक हेरिएको
Shares
सामाजिक संजालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

सारांश

  • सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने प्रहरीले पक्राउ गरेको छ ।
  • सामाजिक संजाल फेसबुक, वाट्स एप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  • सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको बताएको छ ।

सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक, वाट्स एप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?