आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
३६ पटक हेरिएको
Shares
आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  • आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  •  महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

काठमाडौं। आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यो पनि पढ्नुस्
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

छाला शरीरका लागि सुरक्षात्मक तह हो । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो आदि समस्या देखा पर्छन् । यी समस्या हटाउन गर्मीमा कम्तीमा दिनको दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सन कम हुन्छ । घामबाट र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुुनुपर्छ ।

समर फेसियल

छालाको टेक्स्चर जँचाएर मात्र फेसियल गराउनुपर्छ । पार्लरको विकल्पमा घरमै फेसियल मसाज गर्न सकिन्छ । अझ आफ्नो भान्सा तथा बगैंचाबाट प्राकृतिक सामग्री जुटाएर फेसियल गरियो भने बढी प्रभावकारी हुन्छ । फेसियल गर्दा काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पात आदिको प्रयोगले गर्मीमा छालालाई राहत प्रदान गर्छ ।

समर ब्लिच

दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेट त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो । यो तैलीय छालाका लागि उपयुक्त हुन्छ ।

समर फेसियल प्याक

काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिनुपर्छ । पिम्पल्स हटाउन यो राम्रो फेसप्याक हो । यसमा तुलसी वा पुदिनाको पातको पाउडर पनि मिसाउनुपर्छ । यसको प्रयोगले शीतलता दिनुका अतिरिक्त मरेका कोष, संक्रमण फैलाउने कीटाणु आदि हटाउनुका साथै रोमछिद्र पनि खोल्ने काम गर्छ ।

समर स्किन स्क्रब

डेड सेल्स, सुख्खा तैलीय पसिना, धूलोमाटो आदिले छालाको रोमछिद्र बन्द गर्छन् । यसलाई खोल्न ओटमिल पाउडर, कागतीको रस, पुदिनाको पात, दही, गाजर आदिबाट स्क्रब गर्न सकिन्छ ।

टोनिङ

अल्कोहलयुक्त स्किन एन्टिजेन्टको साटो एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जीर्, यासेस एवं चिलाउने समस्या पनि हट्छ ।

सन प्रोटेक्सन

घाममा बाहिर निस्कनुपूर्व माइल्ड सनस्किन तथा अल्ट्राओयलेट रे ब्लकर लगाउनुपर्छ । बाहिर निस्कनुभन्दा करिब १५ मिनेट पहिले एसपीएफ १५(२० युक्त सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।

भोजन

शरीरमा जम्मा हुने हानिकारक टक्सिन कम गर्न प्रशस्त पानी पिउनुपर्छ । यसो गर्दा अनुहारको छाला सुख्खा हुँदैन । लिक्विड डाइट खानुपर्छ, जसमा फ्रुट जुसलाई पनि समावेश गर्नुपर्छ । हरियो सागसब्जी एवं सलादबाट शरीरमा भिटामिन तथा मिनरल्सको सन्तुलन कायम रहन्छ । भिटामिन सी र भिटामिन ई आदि एन्टी अक्सिडेन्स सप्लिमेन्टका रूपमा खानुपर्छ भने कोल्ड ड्रिंक तथा गुलिया खानेकुराबाट बच्नुपर्छ ।

पर्ल फेसियल फेयर कम्प्लेक्सन

फेयर कम्प्लेक्सन भएकाहरूले घामको प्रभाव बढी सहनुपर्ने हुन्छ । घामका कारण चमक हराएको छालालार्ई चम्काउन पर्ल फेसियल लाभदायक हुन्छ । यो फेसियलबाट अनुहारको चमक पुनः प्राप्त हुन्छ । यो फेसियल अनुहारको दाग(धब्बा हटाउन पनि उत्तिकै सहयोगी हुन्छ ।

तैलीय छाला

तैलीय छालाको तेललार्ई ्नियन्त्रण गर्न फेसियल क्रिमका साथमा पानीको प्रयोग गरिन्छ । यो विधि सामान्य छालाका लागि पनि उपयुक्त हुन्छ । तैलीय सन्तुलन कायम राख्न प्रयुक्त हुने यो विधिबाट अनुहारमा निखार आउँछ । फेसियलबाट छालामा रक्तसंचार बढेर स्वस्थ र चम्किलो हुन्छ ।

सुख्खा छाला

सुख्खा छालामा पर्ल फेसियल गर्दा पानीको साटो दूध प्रयोग गर्नुपर्छ । जस गर्दा अनुहारमा चमक आउनुका साथै स्किन बढी सुख्खा हुनबाट जोगिन्छ । यसका साथै दूधले स्किनलार्ई प्राकृतिक कोमलता प्रदान गर्छ ।

पर्ल फेसियलको लाभ

घामका कारण हुने सनट्यानलार्ई कम गर्न यो अत्यन्त प्रभावकारी हुन्छ । अफिस वर्कमा महिलाहरूको अधिकांश समय कम्प्युटरअगाडि बित्छ । यसबाट आँखा वरपर डार्क सर्कल्स पर्छ । पर्ल फेसियल डार्क सर्कल्स कम गर्न पनि सहायक हुन्छ । पर्ल फेसियलले छालामा चमक पैदा गर्छ । छालाको कालोपन हटाएर एउटा नेचुरल ह्वाइटनरका रूपमा काम गर्छ, यसबाट स्किन फेयर देखिन्छ । तैलीय सन्तुलनको काम गर्छ । राम्रो पार्लरमा नै फेसियल गराउनुपर्छ । पर्ल फेसियलका सम्बन्धमा राम्रो जानकारी भएका ब्युटिसियनहरूले नै यसको प्रयोगलार्ई परिणाममुखी बनाउन सक्छन् ।

गर्मीमा सिल्भर फेसियल

छाला विशेषज्ञ एवं सौन्दर्य प्रसाधकहरूका अनुसार उचित हेरचाह भयो भने छालाको सौन्दर्य लामो समयसम्म कायम रहन्छ । त्यसको ठीकविपरीत भए समयपूर्व नै अनुहारमा बुढ्यौलीको चिन्ह देखापर्न थाल्छ । राम्रो हेरचाह भए छाला लामो समयसम्म जवान रहन्छ । यसका लागि हामीले दैनिक जीवनमा ध्यान दिनुका साथै खानपान, सौन्दर्य प्रसाधन तथा उपचारमा केही समय खर्चिनु आवश्यक छ । छालालाई, घाम, धूलो, धूवाँ आदिबाट बचाउने । सस्ता कस्मेटिक्सबाट जोगिँदै मौसम एवं उमेरअनुसार फेसियल गर्नुपर्छ । गर्मीमा सिल्भर फेसियल विशेष लाभदायक हुन्छ ।

सिल्भर फेसियलले के गर्छ ?

गर्मीमा फेसियलले शीतलता प्रदान गर्छ । सिल्भर फेसियलले छालामा भएकोअनावश्यक चिल्लो कम गर्दै छालाको मोस्चर कायम राख्न सहयोग र्पुयाउँछ । छालामा आकर्षण अर्थात् चमक प्रदान गर्छ ।

सिल्भर फेसियलको प्रयोगले छाला गोरो एवं सफा देखिन्छ । नियमित रूपमा सिल्भर फेसियल गरे छालाको चाउरीबाट मुक्ति मिल्छ । सिल्भर फेसियलको प्रयोगले छालामा भएको मृतकोष हट्नुका साथै ब्ल्याक हेड्स एवं ह्वाइट हेड्सको समस्याबाट राहत प्राप्त हुन्छ । सिल्भर फेसियलको प्रयोगले छाला कसिलो एवं सुन्दर देखिन्छ । सिल्भर फेसियलको प्रयोगले छालाको तहलाई सुरक्षा प्रदान गर्नुका साथै छालालाई जवान राख्न मद्दत गर्छ । सिल्भर फेसियलको प्रयोगले छालामा भएका अनावश्यक छिद्रहरूलाई कसिलो बनाई छाला सुन्दर देखाउन मद्दत र्पुयाउँछ । सिल्भर फेसियलको प्रयोगले छालामा भएको सुख्खापन हट्नुका साथै कालो दाग एवं पोतो हट्छ ।

विशेष कुरा

सिल्भर फेसियल गर्मी महिनाका लागि उपयुक्त हुन्छ । सिल्भर फेसियल अनुभवी ब्युटिसियनबाटै गराउनुपर्छ । यो फेसियल छालाको प्रकार एवं उमेरअनुसार गरिन्छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के  हुन् ?
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन् ?
सरकार निरंकुश बनेको आरोप
सरकार निरंकुश बनेको आरोप