सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड
सारांश
- चितवन कात्तिक २३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र प्रतिनिधिसभा चुनाव लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताउनुभएको छ ।
- अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले संयुक्त रुपमा चितवनमा आयोजना गरेको वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनैतीक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गृहकार्य नपुगेका कारण चुनाव अगाडि पार्टी एकता हुन नसकेको बताउनुभयो ।
- चुनावी तालमेल र संयुक्त घोषणापत्र जस्तै गरी पार्टी एकता पनि सबैलाई चकित पार्ने गरी हुने बताउनुभयो ।
चितवन कात्तिक २३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र प्रतिनिधिसभा चुनाव लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले संयुक्त रुपमा चितवनमा आयोजना गरेको वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनैतीक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गृहकार्य नपुगेका कारण चुनाव अगाडि पार्टी एकता हुन नसकेको बताउनुभयो ।
चुनावी तालमेल र संयुक्त घोषणापत्र जस्तै गरी पार्टी एकता पनि सबैलाई चकित पार्ने गरी हुने बताउनुभयो । पार्टी एकताको सम्पूर्ण तयारी पूरा भएको समेत उहाँले जानकारी दिनुभयो । पार्टी एकता गरेर नेपालमा स्थिर सरकार बनाउने र देशलाई समृद्धीको बाटोमा लैजाउने उहाँको भनाइ छ । पार्टी एकता पछि बहुमतको सरकार बनाउने र देशलाई समृद्धीतर्फ लैजाने उहाँले बताउनुभयो ।
प्रतिक्रिया