नेकपा फुटको संघारमा, नेताहरु को कता ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २०, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • अब नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने ।
  • तर, दुवै सम्भावना क्षीण रहेकाले नेकपा फुटको नजिक पुगेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ताकाट गरेर आउन भनेका छन् ।

अब नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने । तर, दुवै सम्भावना क्षीण रहेकाले नेकपा फुटको नजिक पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ताकाट गरेर आउन भनेका छन् । उनले पार्टी फुटबाट जोगाउने सम्भावना निकै कम रहेको भन्दै को कता लाग्ने हो स्पष्ट हुन भने । उनले कडा कदमको तयारीबारे समेत जानकारी गराए ।

ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । उनी बालुवाटारमा रहँदा खुमलटारस्थित प्रचण्डनिवासमा नेकपाको अर्को समुहको बैठक थियो । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम बसेर रणनीति तय गर्दै थिए । उनीहरु कुनै हालतमा ओली हटाउने कदमबाट पछि नहट्ने अडानमा रहिरहने निष्कर्षमा पुगे ।

गएराति ओली समुहका नेताहरुले भैंसेपाटी पुगेर बामदेव गौतमलाई फकाउन खोजे । तर, उनी मानेनन् । बरु स्थायी कमिटी दुई दिन स्थगित गरेर छलफल गर्ने वातावरण बनाए । तर, आज ओली र प्रचण्डबीच छलफल भएन । बरु दुवै भावी रणनीति तयार गर्न सक्रिय भए ।

ओलीले कुनै हालतमा राजीनामा नदिने निश्चित भएपछि प्रचण्ड समुह पार्टीले निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने तयारीमा पुगेको हो । अब बस्ने स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्ने तयारी पुरा भएको छ । त्यही भेउ पाएर ओलीले स्थायी कमिटीलाई हुल्लडहरुको संगठन भनिदिए । उनले अब संसदीय दलबाट अगाडि बढ्ने संकेत गरे । सबैलाई कित्ताकाट गर्न भने ।

दुवै पक्षको टकरावका कारण अब नेकपा दुर्घटनाको नजिक पुगेको छ । अब कित्ताकाट हुँदा को कता लाग्लान् भन्ने चासोमा परेको छ । स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये ३० जना प्रचण्ड, माधव, झलनाथ र बामदेव समुहका छन् । १३ जना ओली पक्षमा छन् भने दुईजना तटस्थ नै छन् ।

मन्त्रीहरुमा पनि अधिकांश ओली पक्षका छन् । अब मन्त्रीहरु जसले ओलीलाई समर्थन गर्दैनन् उसको राजीनामा मागिने तयारी बालुवाटारमा भएको छ । यसै पनि ती मन्त्रीहरु गोजीमा राजीनामा बोकेर हिंडिरहेका छन् ।

स्थायी कमिटिमा को कता

ओली पक्ष
१। केपी शर्मा ओली, अध्यक्ष
२। इश्वर पोखरेल, सचिवालय सदस्य
३। विष्णु पौडेल, महासचिव
४। सुवास नेम्वाङ
५। प्रदीप ज्ञवाली
६। पृथ्वी सुब्बा गुरुङ
७। शंकर पोखरेल
८। किरण गुरुङ
९। सत्यनारायण मण्डल
१०। छविलाल विश्वकर्मा
११। विष्णु रिमाल
१२। रघुवीर महासेठ
१३। लेखराज भट्ट

प्रचण्ड( माधव( झलनाथ(बामदेव पक्ष
१। पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२। झलनाथ खनाल, वरिष्ठ नेता
३। माधवकुमार नेपाल, वरिष्ठ नेता
४। बामदेव गौतम, उपाध्यक्ष
५। नारायणकाजी श्रेष्ठ
६। रामबहादुर थापा बादल
७। भीम रावल
८। अष्टलक्ष्मी शाक्य
९। युवराज ज्ञवाली
१०। धनश्याम भुसाल
११। भीम आचार्य
१२। गोकर्ण बिष्ट
१३। सुरेन्द्र पाण्डे
१४। मुकुन्द न्यौपाने
१५। रघुजी पन्त
१६। वेदुराम भुसाल
१७। देव गुरुङ
१८। टोपबहादुर रायमाझी
१९। गिरिराजमणि पोखरेल
२०। हरिबोल गजुरेल
२१। वर्षमान पुन
२२। शक्ति बस्नेत
२३। जर्नादन शर्मा
२४। पम्फा भुसाल
२५। मात्रिका यादव
२६। गणेश शाह
२७। देवेन्द्र पौडेल
२८। चक्रपाणि खनाल
२९। लिलामणि पोखरेल
३०। मणि थापा

तटस्थ
१। योगेश भट्टराई
२। अग्निप्रसाद सापकोटा, सभामुख

आमन्त्रित सदस्यहरु
१।अमिक शेरचन
२। अमृतकुमार बोहरा
३। केशव बडाल
४। सोमनाथ प्यासी
५। डा। पुष्प कँडेल
६। पेशल खतिवडा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?