सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सारांश

  • काठमाडौँ ।
  • यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ ।
  • आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो । उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ । विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको रू ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता शेयर किनबेच भएको छ ।

(www.plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण
महासचिव विष्णु पौडेलका छोराले पाँचौं व्यक्तिबाट बालुवाटारको जग्गा किनेको भेटियो
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
भेरीमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार
9 killed, 2 rescued- Udayapur Road Accident Update
9 killed, 2 rescued- Udayapur Road Accident Update
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
संसद अधिवेशन आजदेखि, विधेयककाे चाङ
संसद अधिवेशन आजदेखि, विधेयककाे चाङ
बाबुराम र नारायण काजीको चुनावी संघर्ष !
बाबुराम र नारायण काजीको चुनावी संघर्ष !

तपाईंले छुटाउनुभयो कि?