सारा अली खान र सुशान्तसिंह राजपुतको प्रेमले ततायो बलिउड

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सारा अली खान र सुशान्तसिंह राजपुतको प्रेमले ततायो बलिउड

सारांश

  • काठमाडौँ,९ माघ ।
  • बलिउडमा फिल्म उद्दोगमा पाइला राख्न पुर्व नै चर्चा बटुल्न सफल अभिनेत्री सारा अली खानको समाचारले अहिले बलिउड तातेको छ।
  • उनले फिल्म ‘केदारनाथ’ मार्फत बलिउड डेब्यू गरिसकेकी छन ।

काठमाडौँ,९ माघ ।बलिउडमा फिल्म उद्दोगमा पाइला राख्न पुर्व नै चर्चा बटुल्न सफल अभिनेत्री सारा अली खानको समाचारले अहिले बलिउड तातेको छ।उनले फिल्म ‘केदारनाथ’ मार्फत बलिउड डेब्यू गरिसकेकी छन । यस फिल्ममा सारा अली खान र अभिनेता सुशान्तसिंह राजपुतबीचको केमेस्ट्री दर्शकले निकै रुचाएका छन ।

यस फिल्मबाहेक उनको दोस्रो फिल्म ‘सिम्बा’ रिलिज भयो त्यसमा उनी अभिनेता रणवीर सिंहको जोडी थिइन् । फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट भयो ।

सारा अली खान कहिले उनको फिल्मका कारण त कहिले उनले अन्तरवार्तामा देखाएको ट्यालेन्टका कारण चर्चामा छाइरहेकी छिन् । सारा अली खानले हरेक अन्तरवार्तामा आफू कार्तिक आर्यनकासाथ डेटमा जान चाहेको कुराले पनि चर्चामा छाइरहिन् तर अहिले भने उनी कार्तिक आर्यन नभई उनकै डेब्यू फिल्मका अभिनेतालाई डेट गरिरहेको खबर सार्बजनिक भएको छ ।

२१ जनवरीमा सुशान्तसिंह राजपुतको जन्मदिन थियो । देहरादुनमा रहेकी सारा अली खान सुशान्तको जन्मदिनका लागि मुम्बई फर्किएकी थिइन् । उनी केक लिएर सुशान्तलाई भेट्न पुगिन् । सुशान्तको जन्मदिन मनाइसकेपछि सारा र सुशान्त डिनर डेटमा गएका थिए ।

लामो समयसम्म टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेका साथ सम्बन्धमा रहेका सुशान्तसिंह राजपुतले बलिउड डेब्यू गरेपछि अंकितासँग ब्रेकअप गरेर फिल्म ‘राब्ता’ की सह अभिनेत्री कृति सेननलाई डेट गरिरहेका थिए ।

तर कृतिकासाथ पनि उनको सम्बन्ध अगाडि बढ्न सकेन । त्यसयता सुशान्त एक्लो थिए । अभिनेत्री सारा अली खान पनि एक्ली नै थिइन । तर अहिले सारा र सुशान्त बलिउडका नयाँ जोडी बनेका खबरहरु सार्वजनिक भएका छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?