विदेशीको इशारामा तत्कालीन ओली सरकार ढल्यो : उपेन्द्र यादव

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३२, २०७९
|
|
४९ पटक हेरिएको
Shares
विदेशीको इशारामा तत्कालीन ओली सरकार ढल्यो : उपेन्द्र यादव

सारांश

  • सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् ।
  • पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।
  • नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे ।

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् । पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।

नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे । अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको पनि उल्लेख गरे ।

उनले भने, ‘कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई तय गर्दा भू–राजनीति, आफ्नो छर छिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ । त्यसैले सायद ध्यान दिएर नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ । अब भू राजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन् ।र, यो भूराजनीतिको प्रभावबाट आफ्नो मुलुकको इन्ट्रेष्ट, आफ्नो मुलुकको सार्वभौमसत्ता, आफ्नो मुलुकको आर्थिक उन्नति, आफ्नो मुलुकको सुरक्षा र आफ्नो मुलुकको संस्कृति र सम्पन्नतालाई कसरी बढाउने, कसरी संरक्षण गर्ने यी महत्वपूर्ण विषय निश्चित रुपमा भूराजनीतिसँग जोडिएका विषयहरु हुन् ।’

उनले भने, ‘भू राजनीतिमा नेपालको पोजिसन हेर्दाखेरि बडो संवेदनशील छ । हाम्रो मुलुक ल्याण्ड लक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रुपमा अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँ सँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिए । म पूर्व भए । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरु देखिनै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।’

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
आजको राशिफल
आजको राशिफल
राष्ट्रियसभा बैठक : अध्यादेश स्वीकृत
राष्ट्रियसभा बैठक : अध्यादेश स्वीकृत
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड