सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ ।
  • सञ्चारमन्त्री रेखा शर्माको उपस्थितिमा आज पहिलो बैठक गरी समितिले काम शुरु गरेको हो ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ । सञ्चारमन्त्री रेखा शर्माको उपस्थितिमा आज पहिलो बैठक गरी समितिले काम शुरु गरेको हो ।

समितिको बैठकलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले राजनीतिक परिवर्तन र संविधानको मर्मअनुरुप सञ्चार क्षेत्रमा धेरै कानुन निर्माण गर्न बाँकी रहेकाले त्यसका लागि तयारी गर्न समिति गठन गरिएको बताइन् । उनले भनिन्, “व्यवस्था बदलियो, संविधान फेरियो र धेरै क्षेत्रमा कानुन पनि फेरिएका छन् तर, सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी रहेकाले हामीले यसलाई प्राथमिकताका साथ अघि बढाएका छौँ ।”

सरकारले आम सञ्चारको क्षेत्रमा यो समितिसँग ठूलो आशा गरेको उल्लेख गर्दै उहाँले शर्माले आम सञ्चार सुुधारका क्षेत्रमा आवश्यक सुुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । बदलिएको व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सम्बोधन गर्ने कानुन परिवर्तन सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट गरिन् ।

सञ्चारसँग सम्बन्धित केही विधेयक संसद्को चालुु अधिवेशनबाटै पारित गर्ने सरकारको तयारी रहेको जानकारी गराउँदै मन्त्री शर्माले बाँकी विधेयक पनि अर्को अधिवेशनबाट अघि बढाउने बताइन् । समितिका संयोजक डा सुरेश आचार्यले समितिले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रारम्भिक मस्यौदा तयार गरेर सरोकारवालासँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पार्ने पनि उनले जानकारी दिए ।

सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका विषयमा सुुझाव दिन समिति गठन गरेको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा समितिमा सदस्यहरुमा महासङ्घका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्षद्वय गोविन्द आचार्य र डा महेन्द्र बिष्ट तथा वरिष्ठ पत्रकार बबिता बस्नेत रहेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने
प्रदेश ४ को नामको लागि  चार वटा नाम सिफारिश
प्रदेश ४ को नामको लागि चार वटा नाम सिफारिश
फेरि सक्रिय भयो मनसुनः सतर्क रहन आग्रह
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
सन्दीप सर्वाधिक विकेट लिने स्पिनर
सन्दीप सर्वाधिक विकेट लिने स्पिनर
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
ओली-नेपाल भनावैरी ठाकुर-यादव शान्त
ओली-नेपाल भनावैरी ठाकुर-यादव शान्त
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे

तपाईंले छुटाउनुभयो कि?