प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी्भित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् ।
  • अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे ।
  • संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी्भित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे ।

संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरे । पूर्व एमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष दाहालले जननेता मदनभण्डारी आफ्नो सहकर्मी राजनीतिकज्ञ भएको र विगतमा पूर्वएमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरे ।

‘जननेता मदन भण्डारी एउटा कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो, म अर्को पार्टीको,’ अध्यक्ष दाहालले भने,‘ उमेर म उहाँजति नभएपनि हाम्रो दर्जा उस्तै थियो । त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरुलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?