सार्वजनिक विदा फिर्ता लिन माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
१
|
५८ पटक हेरिएको
Shares
सार्वजनिक विदा फिर्ता लिन माग

सारांश

  • काठमाडौं, पुस २८ ।
  •  सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ ।
  • तामाङ घेदुङ संघ लमजुङ शाखाले आज पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो ।

काठमाडौं, पुस २८ । सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ ।

तामाङ घेदुङ संघ लमजुङ शाखाले आज पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो ।

मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा ९ फागुन ४ गते पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको बताउनुभयो ।

“माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होेसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो”, तामाङले भन्नुभयो, “हामीले फागुनमा ल्होसार मनाउने हो त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।”

फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहनुपर्ने आवश्यक नरहेको उहाँले भन्नुभयो ।

तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Santa Dura

    Ktako Mina bjar ho bhangule kanxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
अनियमितता पुष्टि भए झुन्डिन तयार छुः कुलमान
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
कात्तिक २१ गते विहिबारको राशिफल यस्तो छ
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’