यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता

सारांश

  • २० कात्तिक, काठमाडौं ।
  • एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा यसपटक उदयपुर क्षेत्र नम्बर २ मा चुनाव जित्ने योजनामा थिए ।
  • भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ८ मध्ये ६ तह जिताएका खतिवडाले पार्टीबाट टिकट पाउने निश्चित थियो ।

२० कात्तिक, काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा यसपटक उदयपुर क्षेत्र नम्बर २ मा चुनाव जित्ने योजनामा थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ८ मध्ये ६ तह जिताएका खतिवडाले पार्टीबाट टिकट पाउने निश्चित थियो । र, पाए पनि ।

वामपन्थी गठबन्धनपछि पनि उनको क्षेत्र माओवादीको दाबीमा परेको थिएन । माओवादीले क्षेत्र नम्बर १ मागे पनि अन्तिममा एमालेले दुबै क्षेत्र लिने भन्दै अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई टिकट दिएर पठाए । तर, आइतबार खतिवडाले पार्टीको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएर माओवादीका सुरेशकुमार राईलाई समर्थन जनाउनुपर्‍यो ।

यो भन्दा ठूलो चोट सहनुपर्‍यो एमालेकै युवा नेता निरज आचार्यले । जाजरकोटको ‘क’ मा प्रदेशसभा सदस्यको मनोयन गरेर चुनाव प्रचार थालिसकेका आचार्यलाई पार्टीले उम्मेदवारी फिर्ता लिएर माओवादीलाई छाड्न निर्देशन दियो । पार्टी निर्णयको अघि केही नलागेपछि उनले ‘ओली टिकट ओलीलाई नै फिर्ता’ भन्दै उम्मेदवारी त्यागेर काठमाडौं फर्किए ।

यी दुई पात्र एमालेभित्र वामपन्थी गठबन्धनको शिकार बनेका प्रतिनिधि युवा हुन् । पार्टीभित्र राम्रो सम्भावना भएका केही युवा नेताहरु वामपन्थी गठबन्धनका कारण यसपटक उम्मेदवार बन्न पाएनन् । जित्ने मत हुँदा हुँदै पनि वाम गठबन्धनका नाममा उनीहरुलाई ‘शहीद’ बनाइएको चर्चा एमाले पंक्तिमा चलेको छ ।

जगन्नाथ र निरजले उम्मेदवारी फिर्ता लिएका कारण उनीहरु चर्चामा रहे । तर उम्मेदवारी नै दिन नपाई गठबन्धनको शिकार हुने एमालेका प्रभावशाली युवा नेताहरु अरु पनि छन्, जो यसपटक उम्मेदवार बन्ने निश्चित थियो र जित्न सक्ने उम्मेदवार मानिन्थे ।

अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई विद्यार्थी राजनीति सकिएपछि निरन्तर रुपन्देहीमा जनस्तरको राजनीतिमा खटिएका थिए । उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि कपिलबस्तु जिल्ला इन्चार्ज भए पनि रुपन्देहीमै बढी खटिए ।

माओवादी र कांग्रेस तालमेल गर्दा पनि उनलेसैनामैना नगरपालिकामा एमालेलाई जिताएर संसदीय चुनावमा आफ्नो जितको आधार तयार पारे । रुपन्देही ५ बाट उनको नाम एकल रुपमा सिफारिस भयो । तर पार्टीले वामपन्थी गठबन्धन गर्दा सो क्षेत्र माओवादीका पर्यटक नेता डिलाराम आचार्यलाई छाडेपछि उनी उम्मेदवारीबाट बन्चित भए ।

मतको हिसाबले चौथो स्थानमा रहेको माओवादीलाई पहिलो स्थानको एमालेले छाडेपछि खिमलालको सांसद बन्ने सपनामात्र रोकिएको छैन,सो क्षेत्रनै बामपन्थी गठबन्धनको हातबाट उम्किने चिन्ता पनि उनले व्यक्त गपरेका छन् । ‘तालमेलले हामी जस्तालाई त शहीद बनायो नै, ३ हजार मत भएको उम्मेदवारलाई १५ हजार मत खन्याएर जिताउन गाह्रो हुने अवस्था धेर्रैतिर छ’ ।

गठबन्धनका कारण चुनाव लड्ने र जित्ने तयारीमा रहेका एमालेका अन्य केही नेताहरु पनि ५ वर्ष पछि परेका छन् । युवा नेता तथा सोलुखुम्बु जिल्ला अध्यक्ष मानवीर राई, सर्लाही जिल्ला अध्यक्ष तथा प्रभावशाली युवा नेता रेवती पन्त पनि गठबन्धनकै कारण उम्मेदवारीबाट बन्चित भए ।

एमालेका काठमाडौं जिल्ला इन्चार्ज साबित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर पनि गठबन्धनको शिकार बने । रामेछापमा तेस्रो रहेको एमालेलाई स्थानीय तह चुनावमा पहिलो बनाएर संसदीय चुनावको तयारीमा रहेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवशंकर पौडेल पनि गठबन्धनको शिकार भए ।

गठबन्धनकै कारण प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट बञ्चित भएका प्रभावशाली युवा नेताहरु अरुण नेपाल, शेरधन राई र राजेन्द्रकुमार राईहरु भने प्रदेशसभाको उम्मेदवार बन्न पुगेका छन् । तालमेलकै कारण केन्द्रीय सदस्य माधव अर्याल रसुवाबाट प्रदेशसभा उम्मेदवार बन्न पाएनन् ।

प्रदेशको उम्मेदवार पनि नबन्दा राजनीतिक भविष्यनै समाप्त हुनेभएपछि उनीहरु प्रदेशतिर लागेका हुन् । त्यसो त वाम गठबन्धनकै कारण दाङ २ लाई आफ्नो सुरक्षित क्षेत्र बनाएर बसेका स्थायी कमिटी सदस्य शंकर पोखरेलनै प्रदेशसभाको उम्मेदवार बन्नुपर्‍यो ।

जितेका सांसद उम्मेदवारीबाटै बञ्चित

वामपन्थी गठबन्धनकै कारण ०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेर जितेका केही लोकपि्रय सांसदहरु पनि यसपटक उम्मेदवार बन्नबाट बन्चित भए । तालमेलमा उनीहरुको क्षेत्र माओवादीलाई परेपछि चुनाव जितेकाहरुनै उम्मेवार हुन नपाएका हुन् ।

सुनसरी २ बाट फराकिलो मतान्तरले जितेका रेवती भण्डारीले संसदमा सशक्त भूमिका निर्वाह गरेका थिए । यसपटक पनि उनी त्यहाँ चुनाव जित्ने गरि खटिएका थिए । तर, तालमेलका क्रममा जनमतका हिसाबले निकै कमजोर रहेको माओवादीलाई सो क्षेत्र पारिएपछि भण्डारी उम्मेदवारीबाट बन्चित भए ।

आफ्नो राजीतिक भविश्य सिध्याउन पार्टी सचिव तथा प्रदेश संयोजक भीम आचार्यले कांग्रेससँगको मिलेमतोमा सो क्षेत्र माओवादीलाई जिम्मा लगाएको आरोप भण्डारीको छ । ‘भीम आचार्यले कांग्रेस जिताउन मेरो क्षेत्र माओवादीलाई जिम्मा लगाए’ उनले भने ।

ताप्लेजुङ २ बाट दुई पटक चुनाव जितेका डम्बर तुम्बाहम्फेले पनि माओवादीका टंक आङबोहाङका लागि सो क्षेत्र छाड्नुपरेको छ । ताप्लेजुङ २ मा ०४८ देखियताका सबै चुनाव एमालेले जित्दै आएको थियो ।

त्यस्तै एमालेका प्रभावशाली युवा नेता रविन कोइरालाको झापा १ माओवादीको भागमा परेपछि उनी उम्मेदवार बन्न पाएनन् । यसअघि कोइरालाले जितेको क्षेत्रबाट माओवादीका राम कार्की उम्मेदवार बनेका छन् ।

कपिलबस्तु १ बाट २०७० मा कांग्रेस नेता दिपकुमार उपाध्यायलाई पराजित गरेका एमाले नेता बलराम अधिकारी पनि यसपटक टिकटबाट बन्चित भए । उनको क्षेत्र माओवादीका चन्द्र खनाललाई छाडिएपछि उनी उम्मेदवार बन्न पाएनन् ।

गठबन्धनका कारण उम्मेदवार बन्न नपाउने नितर्वमान सांसदमा सर्लाही ३ का बलराम उप्रेती,काभ्रे २ का रामहरी सुवेदी, बाँके १ का देवराज भार अर्घाखाँचीका डा.दुमन थापा लगायतछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर
संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
Neil Nitin Mukesh’s wife Rukmini Sahay’s baby shower was a fun affair, see pics
Neil Nitin Mukesh’s wife Rukmini Sahay’s baby shower was a fun affair, see pics
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए
नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ
बडादशैको आज टीका, उत्तम साइत १०ः३५ मा
बडादशैको आज टीका, उत्तम साइत १०ः३५ मा
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो