नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको निःशूल्क स्वास्थ्य शिविर

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
४९ पटक हेरिएको
Shares
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको निःशूल्क स्वास्थ्य शिविर

सारांश

  • आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्वति हो, यसको उपयोग गरौँ, अनि सधैँ स्वस्थ रहौँ’ भन्ने नाराका साथ नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
  • शनिबार नागर्जुन नगरपालिका वडा नम्बर ३ को वडा कार्यलयमा उक्त शिविर सम्पन्न भएको हो।
  • शनिबार बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म उक्त स्वास्थ्य शिविरमा तीन सय ७७ जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका आयोजकले जानकारी दिएको छ।

आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्वति हो, यसको उपयोग गरौँ, अनि सधैँ स्वस्थ रहौँ’ भन्ने नाराका साथ नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार नागर्जुन नगरपालिका वडा नम्बर ३ को वडा कार्यलयमा उक्त शिविर सम्पन्न भएको हो। शनिबार बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म उक्त स्वास्थ्य शिविरमा तीन सय ७७ जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका आयोजकले जानकारी दिएको छ।

आयुर्वेद पद्वतिद्वारा वरिष्ठ चिकित्सकहरुबाट विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँचसँगै परामर्श सेवा तथा औंषधि वितरण गरेको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकी संचालक ममता रानाभाटले जानकारी दिएकी छन्।

उक्त शिविरमा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जन्डीस, पिनास, माइग्रेन (टाउको दुख्ने), बाथ रोग, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर (मधुमेह), नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य जाँच गरि बिरामीहरुको सेवाको लागि सक्दो सहयोग पुर्याउने हेल्थ होमकी अध्यक्ष समिता केसीले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।

अध्यक्ष केसीले भनिन्, ‘नमो क्षेत्रपाल हेल्थ होमले विभिन्न समयमा विभिन्न ठाँउहरुमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु गराउँदै आइरहेको छ। जसबाट हजारौँले स्वास्थ्य लाभ पनि प्राप्त गरिसकेका छन्। आगामी दिनमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु दुर्गम गाँउ ठाँउहरुमा पनि सेवा प्रदान गर्ने लक्ष्य रहेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?