निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
५४ पटक हेरिएको
Shares
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन

सारांश

  • भक्तपुर, २९ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माण कार्यमा भ्रष्टाचार सैह्य नहुने वताउनु भएको छ ।
  • ओलीलाई वधाई दिन पुगेको निर्माण ब्यवसायी महासंघका पदाधिकारीको प्रतिनिधि मण्डलसँगको भेटवार्तामा ओलीले निर्माण क्षेत्रमा पारदार्शिता र गुणस्तरीयता अपनाउन ब्यवसायीहरुलाई सुझाव दिनुभयो ।
  • विकास निर्माणको गुणस्तरीयतामा कोही कसैंसँग सम्झौता नहुने ओलीको भनाई थियो ।

भक्तपुर, २९ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माण कार्यमा भ्रष्टाचार सैह्य नहुने वताउनु भएको छ । ओलीलाई वधाई दिन पुगेको निर्माण ब्यवसायी महासंघका पदाधिकारीको प्रतिनिधि मण्डलसँगको भेटवार्तामा ओलीले निर्माण क्षेत्रमा पारदार्शिता र गुणस्तरीयता अपनाउन ब्यवसायीहरुलाई सुझाव दिनुभयो ।

विकास निर्माणको गुणस्तरीयतामा कोही कसैंसँग सम्झौता नहुने ओलीको भनाई थियो । ओलीले निर्माण व्यावसायी बलियो हुने, पुल बाटो कमजोर हुने कुरा अब सैह्य नहुने बताउनुभयो । ‘निर्माण क्षेत्रमा अलि अलि भ्रष्टाचारको गन्ध आउँछ’ ओलीले भन्नुभयो ‘तर अब त्यस्ता दिन गए । सबैले इमान्दारीपूर्वक आर्थिक पारदर्शिता सहित गुणस्तरीय काम गर्नुपर्छ ।’

देश निर्माणका लागि निर्माण व्यावसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै ओलीले देशको प्राथमिकता नै अब विकास निर्माणमा हुने बताउनुभयो । ‘हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौं’ ओलीले भन्नुभयो ‘प्रदेश सभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन, मुख्यमन्त्री बस्ने भवन छैनन् । त्यस कारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउनका लागि भौतिक संरचनाको निर्माण द्रूत गतिमा गर्नु जरुरी छ ।’
नेपाल अहिले पुनर्निर्माणको चरणमा भएकोले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठूलो योगदान गर्न सक्ने ओलीको भनाई छ । ‘भूकम्पले भत्केका घर र सार्वजनिक भवनहरु पुनर्निर्माणभएका छैनन्’ ओलीले भन्नुभयो ‘यी सबै क्षेत्रको पुन निर्माणका लागि व्यावसायिक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।’

आगामी सरकारले विकास निर्माणका क्षेत्रमा भएका अब्यवहारिक नियम कानुनलाई संशोधन गरेर छिटो र छरितो कानुन बनाउने ओलीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै ओलीलाई वधाई दिन निवास वालकोट पुगेको नेपाल जामे मस्जिद ब्यवस्थापन समितिको टोलीलाई सम्बोधन गर्दै ओलीले नेपालमा अब कुनै पनि जाति वा समुदायले आफू विभेदमा परेको महसुस गर्नु नपर्ने बताउनुभयो । सबै अल्पसंख्यक समुदायको संरक्षण सरकारले गर्ने ओलीले बताउनुभयो ।

ओलीले विगतमा मुस्लिमलाई पनि मधेसी समुहमा राखेर त्यसको लाभ अरुले नै उठाउँदै आएको बताउनुभयो । ‘हामीले मुस्लिमलाई अलग पहिचान दिनुपर्छ भनेर छुट्टै समुहमा राखेपछि मुस्लिमले राज्यबाट प्रत्यक्ष लाभ लिन पाएका छन्’ ओलीको भनाई थियो ।

नेपालीहरुमा आपसी विश्वास र सद्भाव भएकै कारण जाति, धर्म र समुदायका बीचमा मिलेमतो भएको ओलीको भनाई थियो । आगामी सरकारले सबै वर्ग र समुदायलाई समान व्यवबहार गरेर राज्यको मुल प्रवाहमा समाहित गर्न सहयोग गर्ने ओलीले बताउनुभयो ।  chakrapath bata

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा
नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
राजपा केन्द्रिय सदस्य जैसवाल लोकतान्त्रिकमा
राजपा केन्द्रिय सदस्य जैसवाल लोकतान्त्रिकमा
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता !
ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता !
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त