जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्दै निगम

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्दै निगम

सारांश

  • नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ ।
  • निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो ।
  • दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो ।

दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ । दशरथ रङ्गशालामा आगामी जनवरी १९ पुस १६ गते ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक काम भइरहेको छ । भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ । जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । यी उडान थपिएपछि पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनाका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने कम्पनीले अपेक्षा गरेको छ ।

निगमले गत भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा शुरुमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ । यात्रुको अकुपेन्सी’ बढ्न नसकेपछि भने निगमले जापानको राजधानी टोकियो नजीकको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गर्दै आएको छ । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ । त्यस्तै लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएकोे थियो । सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ ।

चिनियाँ सिभिल एभिएशनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएशनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिइएको थियो । चीनको राजधानी बेइजिङ, साङ्घाईलगायत गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको बताइएको छ । निगमका दुई अन्तररष्ट्रिय गन्तव्यमा उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइड बडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन् । यसपछि निगमको अन्तरराष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङ्जाओे, भारतको नयाँ दिल्ली, बङ्लोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तरराष्ट्रियस्तरमा १० गन्तव्य हुनेछन् ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
कपिलले गरे उदाहरणीय काम
कपिलले गरे उदाहरणीय काम
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा, जनजिवन अस्तव्यस्त
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा, जनजिवन अस्तव्यस्त
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
श्वेतपत्र कपोलकल्पित: सभापति देउवा
श्वेतपत्र कपोलकल्पित: सभापति देउवा
सुन काण्डमा राजनीतिक संरक्षणको आशंका
सुन काण्डमा राजनीतिक संरक्षणको आशंका
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री