कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण

सारांश

  • काठमाडौं, १८ साउन ।
  • नेपालको संवैधानिक इतिहासमा पहिलोपटक संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका छन् ।
  • कामु प्रधानन्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीश बन्न अयोग्य रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बहुमतले अस्वीकृत गरेको हो ।

काठमाडौं, १८ साउन । नेपालको संवैधानिक इतिहासमा पहिलोपटक संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका छन् । कामु प्रधानन्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीश बन्न अयोग्य रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बहुमतले अस्वीकृत गरेको हो ।

संसदीय सुनुवाइ समितिमा रहेका कांग्रेसका ४ सांसदले भने बैठक नै अस्वीकार गरेका छन् । समितिका सभापति लक्ष्मणलाल कर्ण भने मतदानमा सहभागी भएनन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका ४ सांसद ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले बैठक बहिष्कार गरेका हुन् । कांग्रेसले बैठक वहिष्कारका पाँच कारणमध्ये तीन कारण संवैधानिक व्यवस्थाका विषयमा उल्लेख गरेको छ । बैठक बहिष्कारमा कांग्रेसले खास दुई कारण देखाएको छ ।

१. संवैधानिक परिषदले कानुनमा उल्लेख भएको योग्यता परीक्षण गरिसकेको अवस्थामा बिना कारण र आधार संसदीय सुनुवाइ समितिले अन्यथा भन्न सक्ने अवस्था भएन ।

२. संवैधानिक परिषदले आफ्नो निर्णय गर्नुपूर्व सिफारिसका लागि पेश भएका व्यक्तिको सामाजिक प्रतिष्ठा, निजको चरित्र, इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गरी मूल्यांकन गरेको मान्नुपर्ने हुन आयो । यस अवस्थामा यो संसदीय सुनुवाइद्वारा संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारको अभावमा नियुक्ति अस्वीकृत गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिष्कार गरेका छौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?