साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…

सारांश

  • काठमाण्डु, ११ भदौ– कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका बाणिज्य तथा आपूर्तिमन्त्री  माृतका यादवले सोमबार (आज) बिहानै बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।
  • उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसहित यादव सोमबार बिहान पाँच बज्नुअघि नै बल्खुस्थित बजार पुगेका थिए ।
  • केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्य अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यवसायीले घेरा हालेर भित्रै थुनेका थिए ।

काठमाण्डु, ११ भदौ– कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका बाणिज्य तथा आपूर्तिमन्त्री  माृतका यादवले सोमबार (आज) बिहानै बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।

उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसहित यादव सोमबार बिहान पाँच बज्नुअघि नै बल्खुस्थित बजार पुगेका थिए । केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्य अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यवसायीले घेरा हालेर भित्रै थुनेका थिए । पुनः त्यस्तै घटना हुन सक्ने आशंकामा बल्खु बजार क्षेत्रमा सुरक्षा कडा पारिएको थियो । अनुगमनका क्रममा तरकारीको खरिब मूल्य स्पष्ट भएको बिल देखाउन नसक्दा तरकारी लोड गरिएको एउटा ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

यादवमा स्वकीय सचिव सन्तोष विष्टले सबै प्रकारका अनियमितता र बेथितिलाई शून्यमा नझारेसम्म अनुगमन नरोकिने काठमाण्डुटुडेलाई बताए । ‘यो देखाउन र रातारात चर्चित बन्ने रहरले गरिएको होइन’, विष्टले भने, ‘अबदेखि क्यालेण्डर बनाएरै समय समयमा अनुगमन भइराख्छ ।’ मन्त्री यादवले कालिमाटी बजारको अनुगमन गरी गल्ती गर्नेलाई कारबाही गरेपछि काठमाण्डु उपत्यकामा तरकारीको मूल्य २० देखि ३० प्रतिशतसम्मले घटेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhim Raj Lama

    कर काे दयरामा ल्याउनै पर्छ नभए कसरि देश बिकास हुन्छ ??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?