किन खाने ओखर?यस्ता गुण छन ओखरमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
किन खाने ओखर?यस्ता गुण छन ओखरमा

सारांश

  • काठमाडौँ,२८ माघ ।
  • भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ ।
  • ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ ।

काठमाडौँ,२८ माघ । भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब पर्दैन ।

ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ ।

एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम भएर जान्छ र एकोहोरो हुने समस्या पनि कम हुन्छ।

क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरुमा डिप्रेशनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन्।यो अध्ययनका बारेमा न्यूट्रेन्ट जर्नलमा प्रकाशित भएको छ । अध्ययन अनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ र एक्लोपनबाट मुक्त गराउँछ ।

यूनिभर्सिटीका प्रमुख सोधकर्ता लेनोर अरबले अध्ययनका बारेमा जानकारी दिँदै भनेका छन्, ‘अध्ययनमा सहभागी गराइएका ६ जना मध्ये एकजनालाई जीवनको कुनै एक समयमा डिप्रेशनको शिकार हुन्छ ।यसबाट बच्नका लागि उत्तम उपायको अवलम्बन गर्नु जरुरी हुन्छ, जस्तो खानपानमा सुधार त्यो मध्येको एक हो नियमित ओखरको सेवन।’

‘ओखरलाई पहिले मुटु रोगका बारेमा अनुसन्धान गरेका थियौँ तर पछि यसलाई डिप्रेशनका लक्षण कम गर्ने सम्बन्धमा पनि हामीले पायौँ,’ उनले अगाडि भनेका छन् । उनका अनुसार यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी युवाहरुलाई सहभागी गराइएको थियो ।

ओखरको सेवनले क्यान्सरसहित अन्य मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्छ । यसको सेवनले कोलेस्ट्रल कम हुन्छ ।पुरुषहरुको शुक्राणु संख्या संसारभरको एक ठूलो समस्याका रुपमा लिइन्छ । वैज्ञानिकहरुका अनुसार शुक्राणु बढाउने उत्तम उपाय ओखरको सेवन पनि हो ।अध्ययन अनुसार हरेक दिन ७५ ग्राम ओखरको सेवनले पुरुषमा शुक्राणु, जीवन शक्ति र गतिशीलतामा सुधार भएको छ ।

यसरी खाँदा झनै राम्रो

–ओखरलाई स–साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाइ खाने ।

–ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने ।

–दहीमा ओखरका टुक्रा छरेर खाने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
तरकारी बजारमा नयाँ व्यवस्थापन
तरकारी बजारमा नयाँ व्यवस्थापन
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी
आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि
आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि

तपाईंले छुटाउनुभयो कि?