सिंहदरबारमा बिग्रिएर थन्किएका १५१ गाडी मर्मत पछि प्रयोगमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
सिंहदरबारमा बिग्रिएर थन्किएका १५१ गाडी मर्मत पछि प्रयोगमा

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् ।
  • प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिनुभयो ।
  • उहाँले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिनुभयो । उहाँले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताउनुभयो ।

“वर्षौंदेखि बिग्रिएर थन्किएका गाडी त्यतिकै रहेका थिए”, उहाँले भन्नुभयो, “ती गाडीको सदुपयोग गर्नका लागि हामीले सङ्कलन गरेर पठाएका हौँ ।” कार्यालय गृहमन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ती गाडी प्रदेश, स्थानीय तह र प्राविधिक शिक्षालयलय दिइएको हो । गाडीको अभाव भइरहेको बिग्रिएर थन्किएका गाडीले प्रदेश तह र स्थानीय तहमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यस्तै विद्यार्थीलाई सीप सिक्नका लागि शिक्षालयमा समेत ती गाडी पठाइएको हो । प्रधानमन्त्री कार्यालयले सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा रहेका ती गाडी सङ्कलन गरेको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?