जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
सारांश
- काठमाडौं।
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।
- उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको पनि दाबी गरेका छन्।
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।
उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको पनि दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने, ‘यो सरकार ५ वर्षको लागि गठन भएको हो। सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ। तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो। अर्को वर्षमा काममा गति हुन्छ। स्वयम प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समिक्षा गर्नुभएको छ।’
उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताए। उनले भने, ‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समिक्षा गर्छौं। सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं। स्वयम् प्रधानमन्त्रीले पनि चूनौतिको महशुस गर्नुभएको छ।’
नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए।
उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूले मलाइ यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन। गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो। तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन। बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ। सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन।’
राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ। तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलको जिकिर छ। उनले भने, ‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ। तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होइन, ग्रुपमा गाडी किन्न लागिएको हो।’
प्रतिक्रिया