जाइका/नेपाल : नेपालको विश्वसनीय विकास साझेदार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जाइका/नेपाल : नेपालको विश्वसनीय विकास साझेदार

सारांश

  • गणेश शाक्य नेपाल जापान सम्बन्ध १९औं शताव्दीकोे अन्त्यदेखि नै रहिआएको इतिहास छ ।
  • सन् १८९९ मा जापानी बौद्ध भिक्षु इकाई कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक भएको इतिहास छ ।
  • त्यसपछि सन् १९०२–१९०५ (राणाकालीन समय)भित्र ८ जना नेपाली विद्यार्थीले जापानमा उच्च शिक्षाको लागि प्रस्थान गरेका थिए ।

गणेश शाक्य

नेपाल जापान सम्बन्ध १९औं शताव्दीकोे अन्त्यदेखि नै रहिआएको इतिहास छ । सन् १८९९ मा जापानी बौद्ध भिक्षु इकाई कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक भएको इतिहास छ । त्यसपछि सन् १९०२–१९०५ (राणाकालीन समय)भित्र ८ जना नेपाली विद्यार्थीले जापानमा उच्च शिक्षाको लागि प्रस्थान गरेका थिए ।

यद्यपि, नेपाल जापानबीच औपचारिक दौत्य सम्वन्ध भने सेप्टेम्वर १, १९५६ मा मात्र स्थापना भएको थियो । दौत्य सम्बन्ध स्थापना हुनु २ वर्ष अगाडि सन् १९५४ मा जापानले कोलोम्बो प्लानमा सहभागी भएलगत्तै नेपालीहरुलाई प्राविधिक तालिम दिन थालेका थिए । सन् १९६५ मा टोक्योमा नेपाली राजदूतावास स्थापना भयो भने त्यसको २ वर्षपछि अर्थात सन् १९६७ मा नेपालमा जापानी राजदूतावास स्थापना भयो । सन् १९७० मा जापानिज ओभरसिज भोलन्टिअर कर्पोरेसन (जेओभिसि)/नेपाल स्थापना भयो । यो नै नेपालको विकासको लागि सहयोग गर्ने पहिलो औपचारिक जापानी संस्था हो । त्यसको ८ वर्षपछि सन् १९७८ मा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सि (जाइका)/नेपालको स्थापना भयो । जाइका÷नेपालको स्थापनाकालदेखि जापानले आजसम्म नेपालको आर्थिक सामाजिक विकासको लागि निरन्तर सहयोग गर्दै आएको छ । हाल (जेओभिसि)÷नेपाल पनि जाइका÷नेपालकै मातहतमा छ ।

जाइका/नेपालले सहयोग पुराउँदै आएका क्षेत्रहरुः
जाइका/नेपालले नेपालको आर्थिक सामाजिक विकासको लागि बहु–आयामिक क्षेत्रहरुमा सहयोग गर्दै आएका छ । जस्तैः

गरिवी निवारणका लागि
दक्षिण एशियाई राष्ट्रहरुमा नेपाल एउटा गरिव राष्ट्रको पंक्तिमा रहेको छ । तसर्थ, नेपालमा गरिवी घटाउने÷हटाउने प्रयासमा जाइका÷नेपालले शिक्षा, स्वास्थ्य, कृषि, ग्रामीण विकास आदि क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सहयोग पु¥याउँदै आएको छ ।

कृषि तथा ग्रामीण विकास
नेपालको ग्रामीण जीवन उत्थान गर्नको लागि जाइका÷नेपालले कृषि विकासमार्फत खाद्य सुरक्षा, आय सिर्जना तथा सरकारी तथा कृषक समूहहरुको क्षमता अभिबृद्धिलाई समेत सम्बोधन हुनेगरी योगदान पु¥याउँदै आएका छन् । साथै, यहाँका जनताको खाद्य, पिउने पानी, मल जस्ता वस्तुहरुमा सरल र सुलभ पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित कार्य गरेको छ ।

आधारभूत शिक्षा
जाइका/नेपालले विभिन्न माध्यममार्फत आधारभूत शिक्षाको लागि पहुँच, गुणस्तर तथा व्यवस्थापनमा सुधार ल्याउन पनि टेवा पु¥याएको छ ।

स्वास्थ्य
नेपालीको स्वास्थ्य अवस्था सुधारको लागि पनि यस संस्थाले विभिन्न उपायहरु अवलम्वन गरी आधारभूत स्वास्थ्य तथा चिकित्सा सेवासम्बन्धी पहुँचको लागि सहयोग गरेको छ ।

लोकतान्त्रिकरण र शान्ति स्थापनाका लागि
लोकतन्त्रलाई संस्थागत गर्नको लागि पनि यस संस्थाले संविधान सभा, निर्वाचन आयोग, मिडिया, कानुनी क्षेत्र साथै केन्द्रीयस्तर र स्थानीयस्तर स्वायत्ततालाई बलियो पार्न सक्दो टेवा पु¥याएको छ ।

आर्थिक सामाजिक आधार खडा गर्नको लागि
आर्थिक विकासको लागि न्यूनतम पूर्वाआधार अति आवश्यक हुन्छ । तर नेपाल जस्तो पहाडी मुलुकमा यस्ता पूर्वाआधारहरुको निर्माण गर्नु धेरै चुनौतीपूर्ण छ । जाइका÷नेपालले यस्ता आधारभूत पूर्वाधार निर्माण जस्तै यातायात, जल बिद्युत, जल आपूर्ति र शहरी वातावरण विकासको लागि पनि ऋण तथा अनुदानमार्फत प्राविधिक सहयोग गरेको छ ।

जाइका/नेपालले पुराइएका केही उत्कृष्ट नमूनाहरु
मानव संशाधन विकासतर्फ जाइका÷नेपालको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म नेपालले जापानवाट विभिन्न विधाहरुमा ५,५२० नेपालीले तालिम प्राप्त गरिसकेका छन् भने २,५८५ जापानी स्वयंसेवकहरुले नेपालमा सेवा पु¥याइसकेका छन् । यातायातको सन्दर्भमा भन्नुपर्दा बनेपा–सिन्धुली १६० किलोमिटर लामो बि.पी. राजमार्गको निर्माण एउटा उत्कृष्ट नमूना हो । यसले काठमाडौं र पूर्वी नेपालको दुरी छोट्याउनुको साथै पूर्वी नेपालसँगको बैकल्पिक मार्गको रुपमा अहम् भूमिका निभाएको छ । त्यसैगरी काठमाडौं कोटेश्वर सडक विस्तार भएवापत त्यहाँ गुड्ने सवारी साधनलाई निकै राहत भएको छ ।

सन् २०१५ को बिनाशकारी भूकम्पपश्चात जाइका÷नेपालले नेपालमा पुनर्निमाण कार्यलाई अझ तीब्रता दिएको छ । “बिउल्ड बैंक बेटर” को अवधारणामा भूकम्पपीडित क्षेत्रमा आवास, स्कूल आदिको पुनर्निर्माण एवं केन्द्रीय तथा स्थानीयस्तरमा पुनर्निर्माण कार्यमा संलग्न व्यक्ति विशेषका लागि क्षमता अभिबृद्धि गर्ने कार्यमा जोडतोडका साथ लागिपरेका छन् ।

हालै मात्र अनुदान सहयोगमा गोरखा जिल्लाको बाह्रकिलो–बारपाक सडक खण्डमा ३ वटा पक्की पुल निर्माण सम्पन्न गरी आवतजावतको लागि खुल्ला गरिसकेको छ । त्यसैगरी, नेपालको जल बिद्युत उत्पादन कार्यमा एक तिहाई सहयोग जाइका÷नेपालको रहेको छ । तनहुँ जिल्लाको १४० एम डब्ल्यु जलबिद्युत प्रोजेक्टमा जाइका÷नेपाल को–फाइनान्सरको रुपमा रहेको छ ।

जाइका÷नेपालकै सहयोगमा काठमाडौं–नागढुङ्गा सुरुङ्ग मार्ग पनि यही वर्ष सन् २०१८ को मध्यबाट शुरु गरिने भएको छ । पिउने पानीतर्फको सहयोगको कुरा गर्नुपर्दा काठमाडौ. उपत्यकाभित्र मेलम्ची पानी आपूर्ति व्यवस्थापनका लागि पानी उपचार गर्ने प्लान्ट निर्माण गर्ने काम भइरहेको छ । त्यसैगरी, पोखरामा वाटर सप्लाई इम्प्रुभमेन्ट प्रोजेक्ट पनि सञ्चालनमा छन् ।

शिक्षाको सम्बन्धमा पनि जाइका÷नेपालको ठूलो योगदान रहेको छ । नेपालको शिक्षामा स्तरोन्नत गर्न नेपाल सरकार लागिपरेको अवस्थामा सो योजना सफल पार्न जाइका÷नेपालले टेवा पु¥याएको छ । यसबाट नेपालमा स्कूल व्यवस्थापन पक्ष बलियो हुने अपेक्षा गरेको छ ।

यसरी झण्डै ५ दशक लामो समयदेखि नेपालको विकासमा निरन्तर आप्mनो सहयोगी हात बढाउँदै आएको जाइका÷नेपाललाई सिङ्गो नेपाल र नेपालीले हृदयदेखि सम्मान गर्नै पर्छ । साथै आउँदा समयमा जाइका÷नेपालको सहयोगलाई अझ बिस्तार गर्नको लागि केन्द्रीय सरकारले निःस्वार्थ भूमिका निभाउन अत्यन्त जरुरी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
करिश्मा कलेजमै व्यस्त
प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी
प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप
डोनाल्ड ट्रम्पको पोर्न स्टार संगकाे सम्बन्ध फेरि व्युतिने !
डोनाल्ड ट्रम्पको पोर्न स्टार संगकाे सम्बन्ध फेरि व्युतिने !

तपाईंले छुटाउनुभयो कि?