मनाङमा वामगठबन्धन विजयी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मनाङमा वामगठबन्धन विजयी !

सारांश

  • गोरखा :  मनाङको प्रतिनिधिसभामा वामगठबन्धन विजयी भएको छ ।
  • वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता पोल्देन छोपाङ गुरुङ्गले आफ्ना निकटतम प्रतिष्पर्धी भन्दा २७९ मत बढी ल्याएर विजयी भएका हुन् ।
  • उनले २३०० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले २०२१ मत ल्याएका छन् ।

गोरखा :  मनाङको प्रतिनिधिसभामा वामगठबन्धन विजयी भएको छ । वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता पोल्देन छोपाङ गुरुङ्गले आफ्ना निकटतम प्रतिष्पर्धी भन्दा २७९ मत बढी ल्याएर विजयी भएका हुन् ।

उनले २३०० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले २०२१ मत ल्याएका छन् । मनाङ प्रतिनिधि सभामा १६ मत बदर भएको थियो ।

त्यस्तै प्रदेशसभातर्फ क मा नेपाली कांग्रेसका चिन्ता घले विजयी भएका छन् । उनले ९९८ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिपष्पर्धी एमालेका नेता धन्दुल दोजे्रे गुरुङले ८९६ मत ल्याएका थिए ।

मनाङ ख मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ १४१० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका कर्म गुरुङले १०२० मत ल्याएका थिए । मनाङ क र ख मा सत/ सात मत बदर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?