मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१६ पटक हेरिएको
Shares
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु

सारांश

  • काठमाडौँ, २१ मंसिर, पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।
  • अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।
  • जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो ।

काठमाडौँ, २१ मंसिर, पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।

अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो ।
त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?