सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७८
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ।
  • सिटीले बर्नलीलाई २-० अन्तरले हरायो ।

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ। सिटीले बर्नलीलाई २-० अन्तरले हरायो । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए।
अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले नै हरायो। लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान एक-एक गोल गरे। २२औँ मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिए । ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए।
अर्को खेलमा भने चेल्सी अप्रत्याशित नतिजा पायो। उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४-१ अन्तरले हरायो। ४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए।
खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्याे । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ । ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ ।[image: 1226274359-850×560.webp]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
३३ किलाे सुन प्रकरण: थप प्रहरी छानबिनमा(नामावली सहित)
३३ किलाे सुन प्रकरण: थप प्रहरी छानबिनमा(नामावली सहित)
निगुरो बेचेर मनग्य आम्दानी
निगुरो बेचेर मनग्य आम्दानी
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो
छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?