क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
सारांश
- राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारी आज विवाह बन्धनमा बाधिएका छन् ।
- करिब तीन वर्ष लामो प्रेमसम्बन्धलाई नायिका निशा अधिकारी र क्रिकेटर शदर भेषावकरले वैवाहिक जीवनमा परिणत गरेका हुन् ।
- राजधानिको फाइभ स्टार होटल अन्नपूर्णमा उनीहरुले बिहे गरेका हुन् ।
राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारी आज विवाह बन्धनमा बाधिएका छन् । करिब तीन वर्ष लामो प्रेमसम्बन्धलाई नायिका निशा अधिकारी र क्रिकेटर शदर भेषावकरले वैवाहिक जीवनमा परिणत गरेका हुन् । राजधानिको फाइभ स्टार होटल अन्नपूर्णमा उनीहरुले बिहे गरेका हुन् । बिहेमा कलाकार तथा क्रिकेटरहरुलाई बोलाइएको थियो ।
उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । यो बर्ष विवाह गर्ने क्रिकेटरहरुको सुचिमा शरद पनि थपिएका छन् ।
यसअघि सुबास खकुरेल, नरेश बुढाएर, सौरभ खनाल, ममता थापा केहि अघिमात्र विवाह बन्धनमा बाँधिएका थिए । शिखरन्युज डट कमतर्फबाट शरद र निशालाई दाम्पत्य जीवनको सफलताका लागि शुभकामना । शुभ वैवाहिक जीवनको शुभकामना व्यक्त समेत गर्दछौ ।

समिप गौतम् शिखरन्युज
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया