मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।

सारांश

  • सुर्य प्रसाद अधिकारी, १६ जेठ, चितवन ।
  • मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न आएको छानविन टोलीले जिल्लामा स्थलगत अध्ययन तथा अनुसन्धानको काम सकेको छ ।
  • सोमबार चितवन आएको छानवीन समितिले दुई दिन लगाएर यहाँको वस्तुस्थिति र अवस्थाको बारेमा जानकारी लिई सरोकारवाला पक्षसँग जानकारी लिएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

सुर्य प्रसाद अधिकारी, १६ जेठ, चितवन । मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न आएको छानविन टोलीले जिल्लामा स्थलगत अध्ययन तथा अनुसन्धानको काम सकेको छ । सोमबार चितवन आएको छानवीन समितिले दुई दिन लगाएर यहाँको वस्तुस्थिति र अवस्थाको बारेमा जानकारी लिई सरोकारवाला पक्षसँग जानकारी लिएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।

आज दिउँसो आवश्यक काम सकेर टोली राजधानी फर्किएको उहाँको भनाई छ । टोलीले भोली निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउने जनाईएको छ । आयोगले सहन्यायधिवक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायव महानिरिक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानविन टोली बनाएको थियो ।

चितवन महानगरपालिकाको मतगणना हुने क्रममा आइतवार राती माओवादी केन्द्रका प्रतिनिधीले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएको बिषयमा नेकपा एमालेका नेताहरुले मतगणना सुचारु गर्नुपर्ने माग गर्दै धर्ना जुलुसका कार्यक्रमलाई निरन्तरता दिएका छन भने माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुले मतगणना च्यातिएको वडा नं १९ को पुनःमतदान गरिनुपर्ने माग राख्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?