संकटकाल घोषणा कि ओलीको राजीनामा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३९ पटक हेरिएको
Shares
संकटकाल घोषणा कि ओलीको राजीनामा ?

सारांश

  • काठमाडौं, १८ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा नगई अचानक राष्ट्रपति निवास शितलनिवास पसेका छन् ।
  • उनी अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा माग भइरहँदा ओलीको शितलनिवास प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा नगई अचानक राष्ट्रपति निवास शितलनिवास पसेका छन् । उनी अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा माग भइरहँदा ओलीको शितलनिवास प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।

पछिल्लो समय पार्टीभित्र घेराबन्दीमा परेपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग दिनहुँ परामर्श गरिरहेका छन् । उनले राष्ट्रपतिमार्फत् संकटकाल लगाउन चाहेको चर्चा नचलेको होइन । सत्ता छाड्न अस्वीकार गरिरहेका ओलीले कठोर कदम चाल्दै संकटकाल घोषणामा देशलाई पुर्याउने रणनीति तयार गरेका थिए ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउने चर्चा पनि चलेको छ । उनले पार्टीभित्र अल्पमतमा परेकाले दुर्घटनाबाट नेकपा र देशलाई जोगाउन त्याग देखाउनुपर्ने सुझाव केही निकटस्थले दिएका छन् । यसबारे पनि चर्चा चलेको छ ।

अहिले स्थायी कमिटी बैठकमा उनको प्रतिक्षा भइरहेको छ । विरोधी समुहले ओलीले राजीनामा बुझाउने र कठोर कदम चाल्नुनपर्ने हुने भन्दै आशा गरिरहेका छन् । त्यसो नभए कडा निर्णयको तयारी भएको छ । जसमा उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने नेकपाका एक प्रभावशाली नेताले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?