पत्रकारमाथि हातपात गर्ने खड्काको निलम्बन फुकुवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
पत्रकारमाथि हातपात गर्ने खड्काको निलम्बन फुकुवा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन पार्टीले फुकुवा गरेको छ ।
  • उनलाई पत्रकार सुनिल मण्डेलमाथि हातपातगरेको आरोपमा जिल्ला संयोजकबाट हटाइएको थियो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन पार्टीले फुकुवा गरेको छ ।

उनलाई पत्रकार सुनिल मण्डेलमाथि हातपातगरेको आरोपमा जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको रास्वपा स्रोतले जनाएको छ ।

खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो ।

यससँगै,पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई पनि कारबाही गरेको छ ।

खत्रीलाई तीन महिनाको लागि निलम्बन गरिएको हो । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने रास्वपाका एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?