यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
४७ पटक हेरिएको
Shares
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ ।
  • नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो ।

काठमाडौं, ७ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो ।

पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा पटकपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल भएका थिए । दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए । आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले सात बुँदे समझदारी गरेको हो ।

पार्टी एकताका लागि सहमति भएका बुँदाहरु
१) एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) नेकपा (एमाले)ले अबलम्वन गरिआएको “जनताको बहुदलीय जनवाद” र नेकपा (माओवादी केन्द्र)ले अवलम्वन गरिआएको “माओवाद र २१ औं शताब्दीमा जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४) नेकपा एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५) उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६) महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७) आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhesraj Khadka

    good.news

    Comment Author

    Bhesraj Khadka

    good.news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
गरिबका सबै कार्यक्रममा अनियमितता
गरिबका सबै कार्यक्रममा अनियमितता
३५ अर्ब लाग्ने काम ८ अर्बमै गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली
३५ अर्ब लाग्ने काम ८ अर्बमै गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो