प्रशान्तको ‘फूलबारी’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक

सारांश

  • नुवाकोट, १२ फागुन, विदुर नगरपालिका–१२ का सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ कविता संग्रहको लोकार्पण गरिएको छ ।
  • बाह्रवर्षीय प्रशान्तले अध्ययन गर्दै आएको शहीद जगत्प्रकाशजंग शाह संस्कृत मावि देवीघाटमा आयोजित कार्यक्रममा कवितासंग्रहको लोकार्पण गर्दै साहित्यकार शम्भुप्रसाद शर्माले साधनाले नै मानिसलाई परिपक्व बनाउने भएकाले लेखनलाई निरन्तरता दिएर निखारता ल्याउन सुझाव दिनुभयो ।
  • कक्षा ७ मा अध्ययनरत प्रशान्तलाई संस्कृत विषय अध्यापन गराउँदै आउनुभएका कोमल नेपालले फूलबारी कृतिबाट सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतार्न सफल ठहरिएको बताउनुभयो ।

नुवाकोट, १२ फागुन, विदुर नगरपालिका–१२ का सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ कविता संग्रहको लोकार्पण गरिएको छ ।

बाह्रवर्षीय प्रशान्तले अध्ययन गर्दै आएको शहीद जगत्प्रकाशजंग शाह संस्कृत मावि देवीघाटमा आयोजित कार्यक्रममा कवितासंग्रहको लोकार्पण गर्दै साहित्यकार शम्भुप्रसाद शर्माले साधनाले नै मानिसलाई परिपक्व बनाउने भएकाले लेखनलाई निरन्तरता दिएर निखारता ल्याउन सुझाव दिनुभयो । कक्षा ७ मा अध्ययनरत प्रशान्तलाई संस्कृत विषय अध्यापन गराउँदै आउनुभएका कोमल नेपालले फूलबारी कृतिबाट सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतार्न सफल ठहरिएको बताउनुभयो ।समाजसेवी रामकृष्ण भट्ट, नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेल, प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठलगायतले प्रशान्त साहित्यलाई फुलाउन प्रयास गर्ने ‘माली’ भएको बताउनुभयो ।

साहित्यकार आमा सुमित्रा सुमीको प्रेरणाबाट आफूले कृति तयार गरेको प्रशान्तले भन्नुभयो । साहित्य प्रतिष्ठानबाट प्रकाशित कवितासंग्रहमा शार्दूलविक्रीडित, पञ्चचामर, झ्याउरे, अनुष्टुप्, गीति, भुजंगप्रयात, उपजाति र इन्द्रबज्रा छन्दका उनन्चालीस कविता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?