बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो

सारांश

  • काठमाडौँ ।
  • सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ ।
  • सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो ।

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन् । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्चतर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
5 basic beauty tips you must follow for a beautiful face
5 basic beauty tips you must follow for a beautiful face
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क
शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..