ओली सरकार अब ७ महिना पनि टिक्दैन : प्रकाण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
ओली सरकार अब ७ महिना पनि टिक्दैन : प्रकाण्ड

सारांश

  • नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने बताउनु भएको छ ।
  • क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले सोमबार बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नै पार्टिका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार ६  ७ महिना पनि टिक्न गाह्हो भएको बताउनु भयो ।
  • सडकमा छँदा राष्ट्रियता र स्वाधिनताको कुरा गर्ने ओली प्रधानमन्त्री भएपछि भारत सामू लम्पसार परेको आरोप लगाउनुभयो ।

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने बताउनु भएको छ ।

क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले सोमबार बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नै पार्टिका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार ६  ७ महिना पनि टिक्न गाह्हो भएको बताउनु भयो ।

सडकमा छँदा राष्ट्रियता र स्वाधिनताको कुरा गर्ने ओली प्रधानमन्त्री भएपछि भारत सामू लम्पसार परेको आरोप लगाउनुभयो । ‘कांग्रेस नेतृत्वको सरकारले करोडको अंकमा भष्टाचार गरेको थियो तर अहिलेको सरकारले भने अरबको अंकमा भ्रष्टाचार गरिरहेको छ’ उहाँले भन्नुभयो ।

देशलाई समृद्धिको बाटोमा लैजान ओली र प्रचण्ड सँगसँगै असफल भएको उहाँको भनाई छ । उत्साह र अपेक्षासहित गठन भएको सरकारले निराशा र अराजकता मात्रै फैलाएको उहाँको भनाई छ । संघीयतामा प्रदेश सरकार केन्द्र सरकारसँग कटौरा थापेर बस्नुपर्ने विडम्वनापूर्ण अवस्था रहेको बताउँदै प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तीले मात्रै जनताको शासन स्थापित गर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?