साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
५० पटक हेरिएको
Shares
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताएका छन् ।
  • सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा उनले रोजगारी, सीप र गरिबी निवारणमा सहयोग पु¥याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा उनले रोजगारी, सीप र गरिबी निवारणमा सहयोग पु¥याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।
  
मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको भूमिलाई उर्वर बनाउन तथा युवालाई रोजगारी उपलब्ध गराउन साना उद्योग स्थापना गरी महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्याङ्क सङ्कलन गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिँदै यसबाट रोजगारी वृद्धि हुने र उद्योग फस्टाउनका साथै प्रदेश समृद्धि हुने धारणा राखे। मुख्यमन्त्री कार्कीले महिला उद्यमी समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही बाटो देखाउने विचार व्यक्त गरे ।

सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महिलालाई सीप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भएअनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिए ।
  
मन्त्रालयका सचिव वासुेदव दाहाल, सम्मानित उद्यमी विमला विश्वकर्मा, मातृका देवी प्रसाईं, बीना राई, साना उद्योग महासङ्घका प्रथम उपाध्यक्ष सीता छाराहाङ र सञ्चारकर्मी सुशीला पाठकले निरन्तरता र इच्छाशक्तिले उद्योग सञ्चालनमा सफलता प्राप्त हुने विचार राखे ।
  
सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना महिला उद्यमी महिलालाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?