सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७८
|
|
१७ पटक हेरिएको
Shares
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री

सारांश

  • काठमाडौं, ।
  • सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।
  • स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु हुनुअघि आज नै कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

काठमाडौं, । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु हुनुअघि आज नै कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।
निर्वाचन आयोगले आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।
कांग्रेसबाट संसदीय दलका नेता डा. रणबहादुर रावल, गोविन्द बोहोरा र टेकबहादुर रैका सरकारमा सहभागी हुने भएका छन् ।
रावल आन्तरिक मामिलामन्त्री, बोहोरा सामाजिक विकासमन्त्री र रैका सामाजिक विकास राज्यमन्त्री बन्ने जनाईएको छ ।
कांग्रेस सरकारमा सहभागी हुनेबित्तिकै माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्ने जनाईएको छ ।[image: Dr.-Rawal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?