सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

सारांश

  • काठमाडौँ ।
  • सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ हर्षोल्लासका साथ मनाइँदै छ ।
  • हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ हेरिन्छ ।

काठमाडौँ । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ हेरिन्छ ।

पुसे पन्ध्रमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ । साहित्यकार जगदीश ओझाका अनुसार पुसे पन्ध्रमा गाउँका सबै एकापसमा भेटघाट गर्ने र कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ । कन्दमूलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फुर्तिलो हुने र तागत बढ्छ ।

अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठुलो रात हुने लोक मान्यता रहेको उहाँले बताउनुभयो ।

“यो रात सबैभन्दा ठुलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोक साहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, ओझाले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष भेटघाट हुने कन्दमूल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ ।” सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरालगायत जिल्लामा यस पर्वलाई भुवा पर्वका रूपमा समेत मनाउने गरेको ओझा बताउनुहुन्छ ।

डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेको बताइन्छ । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने चलन रहेको साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ बताउनुहुन्छ । “तत्कालीन सभ्यताअनुसार लुगा नभएको हुँदा आगो तापेरसमेत चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ”, उहाँले भन्नुभयो, “विशेष गरी यो रात लोक साहित्य प्रस्तुत गर्ने गरिन्छ ।”

सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठुलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने साहित्यकार मीतबन्धुले बताउनुभयो । पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता छ ।

साहित्यकार डम्बर शर्मा बडूले पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्त्व रहेको बताउनुभयो । “यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमूल खाने गरिन्छ”, उहाँले भन्नुभयो, “भेटघाट हुने र सामाजिक सद्भाव तथा एकतासमेत कायम राख्छ ।”

सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँ खाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ ।

पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Akun Binance Gratis

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/en-IN/register?ref=UM6SMJM3

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?