कलेजो प्रत्यारोपण गर्न टाढा जानु पर्दैन, टिचिङ अस्पतालमा शुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
कलेजो प्रत्यारोपण गर्न टाढा जानु पर्दैन, टिचिङ अस्पतालमा शुरु

सारांश

  • काठमाडौं ।
  • अबदेखि कुनै रोगले कलेजो बिग्रेको छ भने प्रत्यारोपणका लागि टाढा जानुपर्ने वाध्यता हटेको छ ।
  • टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ ।

काठमाडौं । अबदेखि कुनै रोगले कलेजो बिग्रेको छ भने प्रत्यारोपणका लागि टाढा जानुपर्ने वाध्यता हटेको छ । टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ । यसभन्दा अघि नै कलेजो प्रत्यारोपण गर्ने भनिएको थियो । तर, प्राविधिक र कानुनी कठिनाइका कारण ढिलाइ भएको टिचिङ अस्पतालले जनाएको छ ।

त्यसैगरी सरकारको अनुमति लिँदा समेत ढिलो भएकाले प्रत्यारोपणका लागि समय लागेको कलेजो प्रत्यारोपण टोलीका संयोजक डा। रमेशसिंह भण्डारीले बताएका छन् । एक सता अघि स्वास्थ्य सेवा विभाग अंग प्रत्यारोपण समितिले अनुमतिपत्र दिइसकेको छ । अबदेखि विभिन्न रोगका कारण कलेजोको धेरै भाग बिग्रेको छ भने प्रत्यारोपण गरिने चिकित्सकले बताएका छन् ।

प्रतिमहिना ४ जना कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी उपचारका लागि पुग्ने गरेको टिचिङ अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपणका लागि कुनै स्वस्थ व्यक्तिले आफ्नो कलेजोको भाग दान गर्न मिल्नेछ । एक आपसमा मिलेमा मात्र कलेजो प्रत्यारोपण गर्न सकिने चिकित्सकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?